लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको सचिव पदमा सामाजिक अभियन्ता सुष्मा राईले उम्मेदवारी दिने भएकी छिन् । एनआरएनए आईसिसी सदस्य रहिसकेकी सुष्मा राई चुनावी मैदानमा उत्रिँदै खुला सचिवमा पदमा उम्मेदवारी दिन लागेकी हुन् ।
तीन कार्यकाल (सन् २०१३ देखि हालसम्म) आईसिसी सदस्यमा रहेर कार्यसम्पादन गरिसकेकी राई एनआरएनए वृत्त विश्वभर परिचित छिन् ।
एनआरएनएका अन्तर्राष्ट्रिय नेताहरु अध्यक्षका प्रत्यासी कुमार पन्त, कुल आचार्य, उपाध्यक्षका प्रत्यासी डा. बद्री केसी, धर्मराज अधिकारीलगायत उनका समकालिन हुन् । उनले यसअघि एनआरएनए युकेको सचिव (सन् २०११-१३) भएर सफलतापूर्वक कार्यकाल सम्पन्न गरिसकेकी छिन् । आँटिली र हक्की स्वभावकी राईले यसैसाता घोषणा पत्र सार्वजनिक गर्न लागेकी छिन् ।
राजनीति पृष्ठभूमिमा हुर्केकी राई २००७ सालको क्रान्तिका योद्धा स्वर्गीय रामप्रसाद राईकी नातिनी हुन् । अध्यक्षका प्रत्यासीहरुसित राम्रो सम्बन्ध भएपनि अहिले उनी कुनै प्यानलमा लागेकी छैनन् ।
एनआरएनएमार्फत समाजसेवामा उत्रिएकी राईले सिंगो प्रवासी नेपालीलाई मातृभूमिको विकासमा लगाउने योजना रहेको बताइन् ।
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे