लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको सचिव पदमा सामाजिक अभियन्ता सुष्मा राईले उम्मेदवारी दिने भएकी छिन् । एनआरएनए आईसिसी सदस्य रहिसकेकी सुष्मा राई चुनावी मैदानमा उत्रिँदै खुला सचिवमा पदमा उम्मेदवारी दिन लागेकी हुन् ।
तीन कार्यकाल (सन् २०१३ देखि हालसम्म) आईसिसी सदस्यमा रहेर कार्यसम्पादन गरिसकेकी राई एनआरएनए वृत्त विश्वभर परिचित छिन् ।
एनआरएनएका अन्तर्राष्ट्रिय नेताहरु अध्यक्षका प्रत्यासी कुमार पन्त, कुल आचार्य, उपाध्यक्षका प्रत्यासी डा. बद्री केसी, धर्मराज अधिकारीलगायत उनका समकालिन हुन् । उनले यसअघि एनआरएनए युकेको सचिव (सन् २०११-१३) भएर सफलतापूर्वक कार्यकाल सम्पन्न गरिसकेकी छिन् । आँटिली र हक्की स्वभावकी राईले यसैसाता घोषणा पत्र सार्वजनिक गर्न लागेकी छिन् ।
राजनीति पृष्ठभूमिमा हुर्केकी राई २००७ सालको क्रान्तिका योद्धा स्वर्गीय रामप्रसाद राईकी नातिनी हुन् । अध्यक्षका प्रत्यासीहरुसित राम्रो सम्बन्ध भएपनि अहिले उनी कुनै प्यानलमा लागेकी छैनन् ।
एनआरएनएमार्फत समाजसेवामा उत्रिएकी राईले सिंगो प्रवासी नेपालीलाई मातृभूमिको विकासमा लगाउने योजना रहेको बताइन् ।
गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा : संयुक्त राष्ट्र महासचिव गुटेरेस
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा
अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित
अभिनयतर्फ गायन समीर श्रेष्ठ
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक