लण्डन । ह्यारो र बेजिङस्टोक मतदान केन्द्रको पनि मतगणना शुरु भएको छ । निर्वाचन समितिका सदस्य यामबहादुर रानाको मध्यस्थतामा अध्यक्ष पदका उम्मेदवार शेरबहादुर सुनार तथा पूनम गुरुङबीच सहमतिपछि ह्यारो र बेजिङस्टोक मतदान केन्द्रको पनि मत गणना शुरु भएको हो ।
यसअघि अन्य ११ ओटा मतदान केन्द्रहरुको मतगणना बिहीबार अपरान्ह सकिएको थियो ।
एनआरएनएका केन्द्रिय उपाध्यक्ष कुल आचार्यले गतिरोध तोड्दै मतगणना जारी राख्न सहमतिमा पुगेकोमा अध्यक्ष पदका उम्मेदवार सुनार तथा गुरुङ एवं निर्वाचन समितिलाई धन्यवाद दिएका छन् ।
युद्धको असर सामना गर्न बेलायतसहितका देश सम्मिलित जी७ सक्रिय
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको अध्यक्षमा शोभा सुनुवार
बेलायत निवासी शुभ नेम्बाङ र काजी साम्युद्वारा पाँचथरको सत्यहाङमा माविमा ५ लाखको अक्षय कोष स्थापना
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै