लन्डन । नेपाली भाषा तथा सांस्कृतिक केन्द्र, बर्न्टओकले यो शैक्षिक सत्रदेखिनेपाली बालबालिकाहरुका लागि नि:शुल्क नेपाली कक्षा शुरु गरिएको जनाएको छ।
केन्द्रका अध्यक्ष सुमन प्रधानले केन्द्रसंग अहिले आफ्नै श्रोत पनि रहेको र अभिभावकहरुलाई थप आर्थिक भार नपरोस भन्ने उद्देश्यले नेपाली कक्षा नि:शुल्क गरिएको बताए। उनले सबै अभिभावकहरुलाई आआफ्ना छोरा छोरी नेपाली कक्षामा पठाएर बालबालिकाको समग्र व्यक्तित्व विकासमा सघाउन आग्रह पनि गरे।
यस अघि केन्द्रले नेपाली नयां वर्ष २०७६ को अवसरमा लन्डनमा शुभकामना आदानप्रदानसहित एक च्यारिटी कार्यक्रम गरेको थियो । नेपाली भाषा तथा सांस्कृतिक केन्द्रले गएको २ वर्ष भन्दा बढी समयदेखि बालबालिकाहरुलाई नेपाली लेख्न, पढ्न र बोल्न सिकाउने उद्देश्यले नेपाली कक्षा संचालन गर्दै आएको छ ।
हरेक शनिबार संचालन गरिने सो कक्षामा आधा घण्टा योग र ध्यान तथा आधा घण्टा नेपाली संगीत पनि सिकाइन्छ ।यस बाहेक केन्द्रले बालबालिकाका लागि नेचर वाक, खेलकुद तथा नृत्य प्रशिक्षण आदि पनि संचालन गर्ने गरेको छ।
गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा : संयुक्त राष्ट्र महासचिव गुटेरेस
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा
अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित
अभिनयतर्फ गायन समीर श्रेष्ठ
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक