काठमाडौं। सत्तारुढ दल नेपाली काँग्रेस, नेकपा—एमालेसहितका दलहरुले एकीकृत नेकपा माओवादीसहित आन्दोलनरत दलहरुले बहिस्कार गरेपनि प्रस्ताव निर्माण समितिबाट नयाँ संविधानको अन्तरबस्तुबारे प्रश्न निर्माण कार्य अघि बढाउने भएका छन्। समितिको पहिलो बैठक शनिबार बस्दैछ। 
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार साँझ भएको बैठकमा सत्तारुढ चार र प्रक्रियाका पक्षमा रहेका अन्य दलले समितिको संयोजक तोक्ने र कार्यविधि कस्तो बनाउने भन्नेबारे छलफल गरेका छन्।
समितिको शनिबार हुने पहिलो बैठकमा कसरी अघि बढ्ने, कार्यविधि कस्तो बनाउने भन्नेबारे प्रक्रिया पक्षधर दलबीच छलफल भएको नेकपा (माले) का महासचिव सिपी मैनालीले जानकारी दिए।
“समितिको संयोजक ज्येष्ठ सदस्यले गर्ने मोटामोटी सहमति छ, कार्यविधिका लागि एउटा समिति बनाएर भोलिदेखि काम सुरु गर्ने र आइतबारसम्म टुङ्गो लगाएर काम थाल्ने भन्नेबारे छलफल भयो,” मैनालीले रासससँग भनेका छन्। प्रश्नावली बनाउँदा पूर्वाग्रही नभई निष्पक्ष ढङ्गले बनाउने भन्नेबारे कुराकानी भएको पनि उनले बताए। समितिको सभापति नतोकिँदासम्म जेष्ठ नागरिकले बैठक राख्ने परम्परा छ।
संविधानसभामा प्रश्नावलीसम्बन्धी प्रस्ताव निर्माण समितिको पहिलो बैठक शनिबार १ बजेका लागि बोलाइएको छ। ७३ सदस्यीय समितिमा एनेकपा माओवादी र मधेसवादीसहितका दलहरुले नाम दिएका छैनन्। अहिलेसम्म ४९ सदस्यमात्र चयन भएका छन्।
नेपाली काँग्रेसका मुख्य सचेतक चिनकाजी श्रेष्ठले भोलिदेखि सुरु हुने प्रश्नावली समितिको प्रक्रियालाई कसरी अघि बढाउने भन्नेबारे सत्तारुढ दलबीच छलफल भएको बताए। उनका अनुसार आजको बैठकमा प्रधानमन्त्री सुशील कोइरालाले एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसँग भएको वार्ताबारे पनि जानकारी गराएका थिए।
बैठकमा सत्तारुढ काँग्रेस, एमाले, राप्रपा, नेकपा मालेसहित राष्ट्रिय जनमोर्चा, नेकपा (संयुक्त) लगायत दलको उपस्थिति थियो।
नयाँ संविधानको अन्तरवस्तुमा सहमति जुट्न नसकेपछि सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले एकीकृत माओवादीसहित विपक्षी मोर्चाको अवरोधबीच प्रस्ताव समिति निर्माण गरेका थिए।
बेलायतबाट डा हेमराज शर्माद्वारा एनआरएनएको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा
एपस्टिनसँग म्यान्डेलसनको सम्बन्ध रहेको प्रकरणमा बेलायती प्रधानमन्त्रीका उच्च सहयोगीद्वारा राजीनामा
विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल पराजित
ब्रिटिस गोर्खा सैनिकमा नेपालबाट ३२३ नयाँ राइफलम्यान छनोट
इस्लामाबादको मस्जिदमा विस्फोट : १३ जनाको मृत्यु, १६९ जना घाइते
अमेरिकामा अत्यधिक हिमपात, २४ सय भन्दा बढी उडानहरू अवरुद्ध
नेपालका राष्ट्रपति पौडेल जापान भ्रमणमा, लगानी गर्न व्यापारिक समुदायलाई आह्वान
बेलायतमा नेकपा निकट संगठनहरुबीच एकता, संयोजकमा बिमला लिम्बु
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिना र भतिजीलाई भ्रष्टाचारमा जेल सजाय
अमेरिकी संसद्मा सरकारी कामकाज ठप्प अन्त्यका लागि मतदान