लन्डन । बेलायती तथा नेपाली व्यवसायीहरुको एउटा संगठन ब्रिटेन नेपाल च्याम्बर अफ कमर्स (बिएनसीसी) को अध्यक्षमा डा. कपिल रिजाल सर्वसम्मत चुनिएका छन् । मंगलबार सांझ लन्डनमा भएको संस्थाको वार्षिक साधारणसभाले बेलायतको सरी हिथ पार्लियामेन्ट्री विजनेश क्लब (स्ट्रेन्जेज ग्यालरी) का अध्यक्ष डा. रिजाललाई बिएनसीसी अध्यक्ष चयन गरेको हो ।
बेलायतका एक सफल दन्त व्यवसायी डा. रिजाल प्रोपर्टी व्यवसायी र केही म्यूजिक भिडियो निर्देशक तथा निर्माता पनि हुन् ।
अध्यक्षको जिम्मेवारी पाएपछि डा. रिजालले बेलायतबाट नेपालमा लगानी भित्रयाउन पहल गर्ने, दुई देशबीचको सम्बन्ध थप प्रगाढ बनाउने, विभिन्न ट्रेड डेलिगेशनमार्फत व्यापार तथा लगानीका सम्भाव्यता पहिल्याउने र सेमिनार तथा अन्तरक्रिया गरिने प्रतिवद्धता व्यक्त गरे । नयां कार्यसमिति बैठकले छिट्टै भावी कार्यक्रमबारे तय गर्ने पनि उनले जानकारी दिए ।
साधारणसभाले उपाध्यक्षद्वयमा बिराज भट्ट र अलान मर्सेल सान्का, कोषाध्यक्षमा इन्द्र गिरी, अनरेरी चिफ एक्जुकेटिभमा रिचार्ड पेलीलाई चयन गरेको छ ।
त्यसैगरि, कमिटी सदस्यहरुमा दीपक श्रेष्ठ, नाडिया विलियम्स्, सन्तोष मण्डल, अन्जानी फुयाल, बी पी खनाल, बसन्त नेपाल र कमल पौडेल छानिएका छन् ।
आदम गिलक्रिस्ट अनरेरी प्रेसिडेन्टमै रहेका छन् भने एन्थोनी विलर र राजन कंडेललाई अनरेरी उपाध्यक्षमा राखिएको छ । नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी बिएनसीसीको संरक्षक छन् ।
साधारणसभामा निवर्तमान अध्यक्ष राजन कंडेलले संस्थाले गरेका गतिविधिबारे प्रकाश पारेका थिए । कोषाध्यक्ष इन्द्र गिरीले आर्थिक प्रतिवेदन प्रस्तुत गरे ।
कार्यक्रममा दूतावासका थर्ड सेक्रेटरी तेजेन्द्र रेग्मीले दूतावासले विगतमा पनि बिएनसीसीसंगको सहकार्यमा नेपाल विकास सम्मेलन लगायत कार्यक्रम गरिसकेको र भावी दिनमा उस्तै सहकार्य रहने विश्वास व्यक्त गरे । उनले नेपाल सरकारले समृद्ध नेपाल, सुखी नेपालीको नारासहित विकासशील देश बनाउने योजना तय गरिसकेकाले यसमा बिएनसीसीको महत्वपूर्ण भूमिका हुने आशा पनि व्यक्त गरेका थिए ।
तस्विर- शिव भण्डारी
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे