लन्डन । बलिउड भर्सटायल गायक सोनु निगमको बेलायत कन्सर्टमा नेपाल प्रवर्धन गरिएको छ । बेलायतमा आयोजित तीन बेग्ला बेग्लै कन्सर्टमा नेपाली कला, संस्कृति, परम्परा र प्राकृतिक सौन्दर्य झल्कने गरि प्रवर्धनात्मक सामाग्री देखाइएको हो ।
सोनुको पहिलो शो लिड्समा १० हजार, दोश्रो लेस्टरमा ३ हजार र सबैभन्दा वृहत शो वेम्ली एरिनामा करिब १० हजार दर्शकले कन्सर्ट अवलोकन गरिरहंदा नेपाल झल्कने भिडियो सामाग्री प्रस्तुत गरिएको थियो ।
कन्सर्ट प्रायोजन गरेको नेपाल फुड्सले नेपाल सामाग्री प्रवर्धनको चांजोपांजो मिलाएको हो । नेपाल फुड्सका ब्राण्ड निर्देशक विकास नेपालले खचाखच भरिएको कन्सर्टमा आफ्नो कम्पनीका नेपाली खाद्य वस्तुमात्र प्रवर्धन नगरि नेपाल, नेपाली संस्कृति, परम्परा, सगरमाथा, गोर्खा जस्ता सामाग्री देखाइएको जनाए ।
आइतबार वेम्ली एरिनामा भएको कन्सर्टमा राजदूत डा. दुर्गाबहादुर सुवेदी पनि दर्शकका रुपमा उपस्थित भए । राजदूत सुवेदीले नेपाल फुड्सले पर्यटन वर्षको प्रचार हुने गरि भिडियो सामाग्री प्रदर्शनको व्यवस्था मिलाएकामा धन्यवाद दिएका थिए ।
गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा : संयुक्त राष्ट्र महासचिव गुटेरेस
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा
अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित
अभिनयतर्फ गायन समीर श्रेष्ठ
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक