
लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको मतदान आज हुंदैछ । निर्वाचनमा अध्यक्षका प्रत्यासी शेर सुनार र अर्का प्रत्यासी पुनम गुरुङवीच कडा टक्कर हुने अनुमान गरेपनि जनमत सुनारका पक्षमा देखिएको छ ।
एनआरएनए यूकेको निर्वाचन समितिले १३ स्थानमा मतदान केन्द्र तोकेको छ । सुनार समूह र पुनम समूहले निर्वाचनमा आ आफ्नो जित सुनिश्चित भएको दावी गर्दै गरेको समाचार प्रकाशित भएको छ । पुनम समूहले गोप्य दस्तावेज भन्दै सार्वजनिक गरिएको एक पेपरमा पुनम समूहले सुनारको भोट काउन्टिङ गरेर नियोजित समाचार छापेको सुनार समूहको दावी छ । ’आफ्नै भोट काउन्ट गर्न नसक्नेले हाम्रो भोट काउन्ट गरि समाचार प्रकाशित गर्नु हांस्यास्पद छ’, सुनार समूहका एक सदस्यले भने ।
अल्डरसट, हयारो, रेडिङ, प्लमस्टिड, बर्मिङघम र लेस्टर माथि दुवैको आंखा परेको छ । बेजिङस्टोक, आसफोर्ड, कार्डिफ, एडिनवरा, बेलफास्ट, स्वीन्डन साना मतदान केन्द्र खासै प्राथमिकतामा परेका छैनन् । सुनार समूहले सार्वजनिक गरेको निर्वाचन रिपोर्टमा एक हजारले पुनम भन्दा अघि रहेको तथ्य सार्वजनिक गरेको थियो ।
यसैवीच, आजको निर्वाचन शान्तिपूर्ण रुपमा संचालन हुने अपेक्षा एनआरएनए यूके निर्वाचन समितिले गरेको छ ।
वैदेशिक रोजगारी कल्याणकारी कोषलाई १० करोड पुर्याउने एनआरएनएको लक्ष्य निर्धारण [यस्ता छन् २५ निर्णय]
अब नेपालको राजनीतिजस्तै एनआरएनलाई पनि फरक किसिमले अगाडि बढाउनुपर्छ : अध्यक्ष डा हेमराज शर्मा [अन्तर्वार्ता]
एनआरएनए नेतृत्वद्वारा परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेट
मध्यपूर्व तनाव चर्कियो
कसरी भयो बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च ?