
लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेका पंजीकृत सदस्यहरुले आगामी १४ सेप्टेम्बरमा एक जना समाजिक ‘रोलमोडल’ लाई भोट दिने अवसर पाउने भएका छन् । अध्यक्षका प्रत्यासी शेर सुनारको प्यानलमार्फत यतिवेला ‘मिसेस नेपाल यूके २०१७’ की सेकेन्ड रनर अप अमृता गिरी गजुरेल मैदानमा आएकी छिन् ।
एनआरएनए यूके सदस्यका रुपमा ‘इन्ट्री’ गर्न लागेकी गिरी गायिका पनि हुन् । करिब आठ महिना अघि गायिकाका रुपमा उनी लन्डनमा उदाएकी थिइन् ।
सानैमा दुर्घटनामा परि एउटा हात गुमाएकी अमृताले थुप्रै सामाजिक कार्य गरेकी थिइन् । एनआरएनको कुनै पदमा नबसि पनि समाजसेवामा सकृय गिरीको सरल जीवन शैली र वेजोड कला देखेर धेरै नेपाली प्रभावित छन् । अपांगता भएपनि उनको साहस, आत्मविश्वास र लगाव अरुका लागि पनि प्रेरणा श्रोत हुने अपेक्षा अध्यक्षका प्रत्यासी शेर सुनारको छ ।
उनको एउटा हात छैन् तर अठोट, हिम्मत र साहस आम महिलाको भन्दा बढि देखिन्छ । २०० माइलसम्म निरन्तर मोटरवेमा कार हांकेर कार्यक्रममा पुग्छिन् ।
अमृताले बेलायतस्थित नेपाली दुतावासमा हुने प्राय कार्यक्रममा ‘डान्स’ समेत गर्छिन् । चुनाव प्रचारमा लागेकी अमृत आफूलाई बेलायतबासी नेपालीले भोट दिएर हौसला दिनेमा ढुक्क छिन् ।
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे