
लन्डन । आगामी शनिवार हुन गैरहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको निर्वाचनमा महिला संयोजकमा एक सशक्त र सक्षम महिला क्षमता ढकाल मैदानमा उत्रिएकी छिन् । एनआरएनए यूकेको आगामी १४ सेप्टेम्बरमा हुने निर्वाचनमा निडर र ‘वोल्ड क्यारेक्टर’ भएकी ढकाल मैदानमा उत्रिएकी हुन् ।
सामाजिक अभियन्ता ढकाल यतिवेला निर्वाचन प्रचार अभियानमा बेलायतभर घुमिरहेकी छिन् । बुधबार साउथ इस्ट लन्डनमा आयोजित कार्यक्रममा उनलाई धेरैले अग्रिम शुभकामना दिए । महिला ससक्तिकरणका लागि जहाँ जुनसुकै फोरममा पनि निर्धक्क कुरा राख्न सक्ने ढकालले महिला संयोजक पद ‘डिजर्भ’ गर्न सक्ने एनआरएनएका अभियन्ताहरु बताउँछन् ।
नेपाली राजनीतिका सत्तापक्ष र प्रतिपक्षका कतिपय प्रभावशाली नेताहरुसँग ढकालको चिनाजानी छ । ढकालले महिला संयोजकमा निर्वाचित भए नागरिकता निरन्तरता, गोर्खाहरुका असमान पेन्सन आन्दोलन र सम्पत्तीको अधिकारका बारेमा राम्रो ‘लविङ’ गर्न सक्ने एक अभियन्ताले बताए । ‘नागरिकता निरन्तरता, सम्पत्ति माथिको अधिकार र गोर्खाका समस्या समाधानका लागि नेपालसँग राम्रो सम्बन्ध भएका क्षमतावान व्यक्ति एनआरएनए यूकेमा जरुरी छ’, उनले भने ।
एनआरएनए यूकेमा महिला संयोजक पदमा उम्मेदवारी घोषणा गरेपछि भूतपूर्व प्रधानमन्त्री झलनाथ खनाल, पर्यटनमन्त्री योगेश भट्टराई, नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजाललगायतले उनलाई सामाजिक संजालमार्फत शुभकामना र सहयोगको प्रतिवद्धता व्यक्त गरेका थिए । त्यसवाहेक घरपरिवारबाट उनलाई एनआरएनए मार्फत समाजसेवा गर्न प्रोत्साहन मिलेको बताइन् ।
उनी महिला ससक्तीकरणका लागि पनि बेलायतस्थित समुदायले सहयोग गर्नेमा आशावादी छिन् ।
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे