
लन्डन । एनआरएनए यूकेको सदस्य, कार्यालय सचिब, प्रबक्ता र पूर्व उपमहासचिव हूँदै लामो समय गैरआवासीय नेपाली संघ बेलायतमा योगदान गरेका अर्जुन कटुवाल मतपत्रको एक नम्बरमै परेका छन् ।
एनआरएनए अभियानका कार्यक्रमहरु मध्ये सदस्यता अनलाइन प्रणालीमा ब्यबस्थित गर्ने र हाल कायम रहेका सदस्यहरुलाई शुल्क बुझाउनसाथ नबीकरण हुने थप कागजात बुझाउनु नपर्ने एजेण्डासहित चुनावी मैदानमा उत्रिएका कटुवाल ‘अल्फावेटिक अर्डर’ मा नम्बर एकमा परेका हुन् ।
नागरिकता निरन्तरता, सम्पत्तिको सुरक्षामा सुनिश्चितता गराउन पहल गर्ने, कानूनबिदहरुको वर्कसप गरि आबश्यक ऐन नियममा ब्यबस्था गर्न नेपाल सरकारसंग एनआरएन आईसीसी मार्फत पहल गर्ने र एनसिसि तथा आईसिसिका उम्मेदबारहरुको शुल्क घटाउने प्रतिवद्धता उनको छ ।
लेखा व्यवसाय र मिडियामा संलग्न कटुवाल सन् २००७ मा बेलायत आएदेखि नै एनआरएनए अभियानमा सक्रिय छन् । चुनावी अभियानमा बेलायतभरका नेपालीसँग प्रत्यक्ष भेटघाटपछि थप उत्साहित बनेका कटुवालले मतपत्रमा एक नम्बरमा भए जस्तै धेरै मत पाएर निर्वाचित हुने विश्वास व्यक्त गरेका छन् ।
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे