लन्डन – बेलायतमा गएको १३ वर्ष देखि रेस्टुरेन्ट व्यवसाय गर्दै आएका मोहन ओलीले १४ सेप्टेम्वरमा हुन गइरहेको एनआरएनए युके इङ्ल्यान्ड राज्यसमिति सदस्यमा उम्मेदवारी दिएका छन् । अहिले उनले प्रचारप्रसारका लागि घरदैलो पनि गरिरहेका छन् ।
दाङमा जन्मिएका ओली सामाजिक काममा पनि सकृय छन् । नेप्लिज सेफ एसोसिएसन युकेको संस्थापक उपाध्यक्ष समेत रहेका ओलीको सकृयतामा नेपालमा विभिन्न परोपकारी कामहरु भएका छन् ।
एसोसिएसनले हालै बर्मिङ्घममा आयोजना गरेको च्यारीटी कार्यक्रमबाट १० लाख भन्दा बढी रुपैयाँ संकलन भएको थियो । सो कार्यक्रममा पनि उनले सकृय भूमिका निर्वाह गरेका थिए ।
ओलीले आफूले सिकेको ज्ञान र सीपलाई गैरआवासीय नेपाली संघ मार्फत नेपालमा लैजाने प्रतिवद्धता जनाएका छन् ।
उनले नेपाल सरकारसंग मिलेर सेफहरुलाई ‘हेल्थ एण्ड सेफ्टी’ लगायतका तालिम संचालन गर्ने योजना रहेको बताए ।
उनले बेलायतमा होटल व्यवसायमा र नेपालमा क्याटरिङ, शिक्षा लगायतका क्षेत्रमा लगानी गरेका छन् ।
मिलनसार र मृदुभाषी ओलीले आगामी हप्ता हुने संघको निर्वाचनमा आफूलाई मत दिएर सामाजिक काममा अघि बढ्ने अवसर दिन सबै मतदाताहरुलाई आग्रह गरेका छन् ।
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे