लन्डन । देखासिकीले हुने होइन समाजसेवा । यसका लागि पारिवारिक पृष्ठभूमि, श्रोत साधन, मनैदेखि इच्छा शक्ति र लगावको महत्वपूर्ण भूमिका रहन्छ । त्यसको ज्वलन्त उदाहरण हुन्- एनआरएनए यूके महिला उपाध्यक्षकी उम्मेदवार रोजिनाप्रधान राई । रोजिनाले आफ्नो कर्मथलो बेलायतमा मात्र होइन, मातृभूमिका लागि पनि निकै सरहानीय कार्य गरेकी छन् ।
भूकम्प, बाढीपीडितको सहयोग र आपतविपतमामात्र हात अगाडि बढाएकी छैनन् उनले, विशेषगरि शिक्षा क्षेत्रमा रोजिनाको ठूलो योगदान छ ।
रोजिनाका ससुरा मनिप्रसाद राईले खोटांगस्थित बासपानी ५ दन्खुरी डांडांमा जग्गा प्रदान गरिदिएपछि सो जग्गामा एक करोड ५६ लाख रुपैयांमा १७ कोठे भवन निर्माण गरियो । त्यसै विद्यालयमा केही महिनाअगाडि मात्र रोजीहिरा फाउण्डेशनकी अध्यक्ष श्रीमति रोजिना प्रधान राईको नेतृत्वमा देश विदेशमा बस्ने सम्पूर्ण बासपानीवासीहरु बासपानी राष्ट्रिय माविमा ‘इ-लाइब्रेरी’ स्थापना गर्न जुटे । चन्दा संकलनमा उनको अग्रणी भूमिकाले नै उक्त कार्य सम्पन्न भएको छ ।
रोजिना र फाउण्डेशनका संस्थापक अध्यक्ष हिराधन राईले सोही विद्यालयमा अध्ययनरत गरिव तथा जेहेन्दार एक विद्यार्थीलाई वार्षिक १० हजार रुपैयां प्रदान गर्दै आएका छन् । रोजिना दम्पतिले छात्रवृत्ति प्रदान गरेपछि विद्यालयका प्रधानाध्यापक कोमलप्रसाद रिमालले आभार व्यक्त गर्दै उनीहरुको पूण्यकार्यले अरुलाई पनि प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन् ।
लन्डनकी व्यवसायी एवं महिला अभियन्ता रोजिना नेपालमा शिक्षाबाहेक स्वास्थ्य क्षेत्रमा पनि केही गर्न इच्छुक छन् । उनी आफैं एक स्वास्थ्य कार्यकर्ता भएकाले भविष्यमा नेपालको स्वास्थ्य क्षेत्रमा केही गरौं भन्ने इच्छा जागेको उनले बताइन् । एनआरएनए यूकेको नेतृत्वमा पुगे बेलायत र नेपालमा आफ्नो सामाजिक अग्रसरता थप बढाउने उनको अठोट छ ।
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा : संयुक्त राष्ट्र महासचिव गुटेरेस
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक