लन्डन । देखासिकीले हुने होइन समाजसेवा । यसका लागि पारिवारिक पृष्ठभूमि, श्रोत साधन, मनैदेखि इच्छा शक्ति र लगावको महत्वपूर्ण भूमिका रहन्छ । त्यसको ज्वलन्त उदाहरण हुन्- एनआरएनए यूके महिला उपाध्यक्षकी उम्मेदवार रोजिनाप्रधान राई । रोजिनाले आफ्नो कर्मथलो बेलायतमा मात्र होइन, मातृभूमिका लागि पनि निकै सरहानीय कार्य गरेकी छन् ।
भूकम्प, बाढीपीडितको सहयोग र आपतविपतमामात्र हात अगाडि बढाएकी छैनन् उनले, विशेषगरि शिक्षा क्षेत्रमा रोजिनाको ठूलो योगदान छ ।
रोजिनाका ससुरा मनिप्रसाद राईले खोटांगस्थित बासपानी ५ दन्खुरी डांडांमा जग्गा प्रदान गरिदिएपछि सो जग्गामा एक करोड ५६ लाख रुपैयांमा १७ कोठे भवन निर्माण गरियो । त्यसै विद्यालयमा केही महिनाअगाडि मात्र रोजीहिरा फाउण्डेशनकी अध्यक्ष श्रीमति रोजिना प्रधान राईको नेतृत्वमा देश विदेशमा बस्ने सम्पूर्ण बासपानीवासीहरु बासपानी राष्ट्रिय माविमा ‘इ-लाइब्रेरी’ स्थापना गर्न जुटे । चन्दा संकलनमा उनको अग्रणी भूमिकाले नै उक्त कार्य सम्पन्न भएको छ ।
रोजिना र फाउण्डेशनका संस्थापक अध्यक्ष हिराधन राईले सोही विद्यालयमा अध्ययनरत गरिव तथा जेहेन्दार एक विद्यार्थीलाई वार्षिक १० हजार रुपैयां प्रदान गर्दै आएका छन् । रोजिना दम्पतिले छात्रवृत्ति प्रदान गरेपछि विद्यालयका प्रधानाध्यापक कोमलप्रसाद रिमालले आभार व्यक्त गर्दै उनीहरुको पूण्यकार्यले अरुलाई पनि प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन् ।
लन्डनकी व्यवसायी एवं महिला अभियन्ता रोजिना नेपालमा शिक्षाबाहेक स्वास्थ्य क्षेत्रमा पनि केही गर्न इच्छुक छन् । उनी आफैं एक स्वास्थ्य कार्यकर्ता भएकाले भविष्यमा नेपालको स्वास्थ्य क्षेत्रमा केही गरौं भन्ने इच्छा जागेको उनले बताइन् । एनआरएनए यूकेको नेतृत्वमा पुगे बेलायत र नेपालमा आफ्नो सामाजिक अग्रसरता थप बढाउने उनको अठोट छ ।
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे