
लन्डन । नेपलिज नर्सिङ एसोसिएसन यूकेले यस वर्षको वार्षिक कार्यक्रम आगामी १५ सेप्टेम्बरमा गर्ने भएको छ ।
संस्थाका अध्यक्ष विनोदविकास सिम्खडाका अनुसार, जुम्लाको सिन्जा गाउंपालिकामा एसोसिएसनकै आर्थिक सहयोगमा निर्माण भएको प्रसुति गृह सञ्चालनका लागि रकम जुटाउन हयारोस्थित ब्लु रुममा ‘समर फेट’ गर्न लागिएको हो ।
प्रसुति गृह निर्माण र उपकरणहरु खरिद भइसकेपनि अब ५ वर्षसम्म एसोसिएसनले नै कर्मचारीको तलव र दैनिक खर्च बेहोर्नु पर्ने भएकाले ‘समर फेट’ कार्यक्रम कोषवृद्धिका लागि आयोजना गरिएको सिम्खडाले जनाए ।
उक्त कार्यक्रममा नेपाली दूतावासका प्रतिनिधि, सांसद बीरेन्द्र शर्मा, नेपाल नर्सिङ काउन्सिल पूर्व रजिस्ट्रार इश्वरी खनाल लगायत अन्य अतिथी र एसोसिएसन पदाधिकारीहरुको सहभागिता रहने अपेक्षा छ ।
मध्यान्ह १२ देखि सांझ ५ बजेसम्म हुने उक्त कार्यक्रममा बालबालिकाका लागि बाउन्सी क्यासल र फेस पेन्टिङ पनि हुनेछ । एसोसिएसनले कार्यक्रममा सहभागिताका लागि सबैमा अनुरोध गरेको छ ।
यसैबीच, एसोसिएसनले गत २४ अगष्टमा स्थापनाको ११ औं वार्षिकोत्सव मनाएको छ । ग्रीनवीच पार्कमा एक कार्यक्रमबीच केक काटेर वार्षिकोत्सव मनाइएको हो ।
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे