लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए यूके) को राष्ट्रिय अधिवेशन ७ सेप्टेम्बरका लागि तोकिएको छ । एनआरएनए यूकेको नयाँ नेतृत्वका लागि आगामी सेप्टेम्बर १४ मा निर्वाचन र अधिवेशन छुट्टाछुट्टै मितिमा गर्न लागिएको हो । १४ औं राष्ट्रिय अधिवेशन कनाट स्कुल अल्डरसटमा दिउँसो ११ बजेदेखि ५ बजेसम्म गरिने एनआरएनए यूके अध्यक्ष योगकुमार फगामीले बताए ।
यसैवीच, अध्यक्ष फगामीको अध्यक्षतामा शुक्रबार अल्डरसटमा बसेको उपलव्ध कार्यसमिति बैठकले कार्यविभाजन समेत गरेको छ । अध्यक्ष फगामीका अनुसार, निर्वाचन समितिसँग समन्वय गर्न र निर्वाचनको व्यवस्थापकीय पक्ष सरल बनाउन उपमहासचिब विनय अधिकारीलाई जिम्मा दिइएको छ ।
त्यस्तै, निर्वाचन निष्पक्ष बनाउन विदेशी सेक्यूरिटी अफिसर राख्ने र सिसिटिभी जडान गर्ने निर्णय बैठकले गरेको छ । यसका लागि कार्यसमितिले निर्वाचन समितिसँग समन्वय गर्नेछ । बैठकले परिचय पत्र वितरणको समन्वय गर्ने जिम्मा उपमहासचिब अधिकारीलाई दिएको छ । जसमा मिडल्याण्डमा सचिव तारानाथ भण्डारी, स्कटल्याण्ड राज्यपरिषद् अध्यक्ष मोहन कार्की, वेल्स राज्यपरिषद् अध्यक्ष रामचन्द्र पोखरेल, आयरल्याण्डका अध्यक्ष लिलाराम निउरे र महासचिव राजकुमार त्रिपाठीलाई जिम्मा दिएको पनि अध्यक्ष फगामीले बताए ।
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य
नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल