लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए यूके) को राष्ट्रिय अधिवेशन ७ सेप्टेम्बरका लागि तोकिएको छ । एनआरएनए यूकेको नयाँ नेतृत्वका लागि आगामी सेप्टेम्बर १४ मा निर्वाचन र अधिवेशन छुट्टाछुट्टै मितिमा गर्न लागिएको हो । १४ औं राष्ट्रिय अधिवेशन कनाट स्कुल अल्डरसटमा दिउँसो ११ बजेदेखि ५ बजेसम्म गरिने एनआरएनए यूके अध्यक्ष योगकुमार फगामीले बताए ।
यसैवीच, अध्यक्ष फगामीको अध्यक्षतामा शुक्रबार अल्डरसटमा बसेको उपलव्ध कार्यसमिति बैठकले कार्यविभाजन समेत गरेको छ । अध्यक्ष फगामीका अनुसार, निर्वाचन समितिसँग समन्वय गर्न र निर्वाचनको व्यवस्थापकीय पक्ष सरल बनाउन उपमहासचिब विनय अधिकारीलाई जिम्मा दिइएको छ ।
त्यस्तै, निर्वाचन निष्पक्ष बनाउन विदेशी सेक्यूरिटी अफिसर राख्ने र सिसिटिभी जडान गर्ने निर्णय बैठकले गरेको छ । यसका लागि कार्यसमितिले निर्वाचन समितिसँग समन्वय गर्नेछ । बैठकले परिचय पत्र वितरणको समन्वय गर्ने जिम्मा उपमहासचिब अधिकारीलाई दिएको छ । जसमा मिडल्याण्डमा सचिव तारानाथ भण्डारी, स्कटल्याण्ड राज्यपरिषद् अध्यक्ष मोहन कार्की, वेल्स राज्यपरिषद् अध्यक्ष रामचन्द्र पोखरेल, आयरल्याण्डका अध्यक्ष लिलाराम निउरे र महासचिव राजकुमार त्रिपाठीलाई जिम्मा दिएको पनि अध्यक्ष फगामीले बताए ।
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे