
लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) बेलायतको यही १४ सेप्टेम्बर आसन्न निर्वाचनमा मिडिया प्रचारबाजी ह्वात्तै बढेको छ । निर्वाचनका प्रत्यासीहरु चुनावको मिति नजिकिदै जाँदा आ-आफ्ना प्रचार सामाग्रीसहित मिडियामा छाएका हुन् ।
नेपाली समुदायवीच लोकप्रिय मिडियामा छाउन एनआरएनए यूके अध्यक्षका उम्मेदवारहरुदेखि सदस्यसम्म मरिहत्ते गरिरहेका छन् ।
हाल मिडियामा छाउनेहरुले आफ्ना चुनावी एजेण्डा भन्दा जन्मस्थल, राम्रा गाडी खरिद र राम्रो व्यापार गरेको सस्तो प्रचारमा प्राय व्यस्त देखिन्छन् । कतिपय उम्मेदवारले व्यवसाय गर्नु र संस्थामा सल्लाहकार हुनुलाई नै पहिलो उपलब्धि मानेका छन् । एजेण्डा भन्दा पनि पत्रकारसँग व्यक्तिगत सम्बन्धका आधारमा एउटै सामग्री सबै मिडियामा छपाउने उम्मेदवारहरु एनआरएनए यूकेमा बढी देखिन थालेका छन् । जसका कारण मिडियाहरु सूचना मूलकभन्दा पनि प्रचार सामग्रीका रुपमा देखा पर्न थाल्नु चिन्ताको बिषय हो ।
पत्रकारले पनि एनआरएनए यूके हाँक्न कस्ता कस्ता ब्यक्तिले उम्मेदवारी दिएका छन् त्यस्ता बिषयमा लेख्न खोज्नुको सट्टा निकट उम्मेदवारको बिषयमा बढाईचढाई हैसियत भन्दा धेरै लेख्नमा समय खर्चिएका छन् । यसलाई हामी पत्रकारले पनि सच्याउनै पर्छ ।
निर्वाचन नजिकिदै गर्दा केही उम्मेवारले आफ्नो प्रशंसा गर्दै ‘रोलमोडल’ का रुपमा उभ्याएका छन् । विगतको लज्जाजनक हारलाई चटक्कै विर्सेर नेपाली सोसाइटी नै मेरो नियन्त्रणमा छ भन्ने भ्रम सिर्जना गरिरहेका छन् उनीहरु । मिडियामा छाएका मात्र हुन् कि नेपाली समुदायमै उनीहरुको राम्रो हैसियत छ, त्यो थाहा पाउन १४ सेप्टेम्बर कुर्नैपर्छ ।
एकथरी, समाजमा आफ्नो प्रभाव रहेको भ्रम छर्दै चलखेलमा व्यस्त छन् । सीमित संख्यामा रहेका नेपाली समुदायमा जनमतबाट आफूलाई स्थापित गर्न जीवनकालमा असफल रहेका मध्ये केहीले अब ‘फलानोलाई मैले जिताउँछु’ भन्दै चिया पसलमा गफ दिन थालेका छन् । जीन्दगीभर अर्काको पछि दगुर्ने र दुई चार पैसा आम्दानी गर्नमै व्यस्त मध्येका केही त्यस्ता व्यक्तिहरुलाई बर्षभरि नै निर्वाचन चाहिएको छ । जस्ले दैनिक जीवनका आवश्यकता पूरा गर्न सहयोग होस् ।
अर्कागरी, निर्वाचनमार्फत विदेशस्थित नेपाली समुदायमा प्रभाव देखाउने र अर्काकै पछि लागेर पदको टिका लगाउने अनुहारहरु यसलाई उपयोग गर्न चाहन्छन् । यस्ता कार्यबाट पत्रकारले आफूलाई जोगाई सत्य तथ्य समाचार सप्रेषण गर्नुपर्छ । नत्र, मिडिया एउटा प्रयोगको साधन बन्ने खतरा रहन्छ ।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’