लन्डन । गैरआवासीय नेपाली संघ युकेले राज्य राज्यमा समिति बनाउने निर्णय गरिसकेपछि युकेका अन्य राज्यमा समिति बने पनि इङ्ल्याण्डमा भने पहिलो पटक राज्य समिति बन्दैछ ।
युकेभित्रको सबैभन्दा ठूलो र प्रभावशाली राज्यका रुपमा रहेको इङ्ल्याण्ड राज्य समन्वय परिषदको अध्यक्ष बन्नका लागि पूर्व गोर्खा सैनिक भीम सारु मगर चुनावी मैदानमा उत्रेका छन् । यही सेप्टेम्बर १४ मा हुने एनआरएनए युकेको चुनावमा उनले इङ्ल्याण्ड राज्य समितिको अध्यक्षमा उम्मेदवारी दिएका छन् । एनआरएनए युकेमा उम्मेदवार बनेका सीमित गोर्खा सैनिकमा उनी पनि एक हुन् ।
यसअघि एनआरएन वृत्तमा धेरै नाम नसुनिएका सारु आफूलाई भने सामाजिक कार्यमा अनुभवी उम्मेदवार ठान्छन् । पाल्पा चिदीपानीमा जन्मेर बेलायती सेनामा भर्ती भएका सारु अहिले ननिटनमा सपरिवार बसोबास गर्दछन् । उनी ब्रिट्रिश गोरखा भेट्रान्स एसोसिएसनको महासचिव र पाल्पाली भन्ज्याङ युकेको सल्लाहकार भइसकेका छन् । भेट्रान्स एसोसिएसनले ननिटनमा स्थानीय काउन्सिललाई गोर्खाहरुले बेलायतलाई दिएको योगदानका बारेमा विश्वस्त बनाइ गोरखा सैनिकको प्रतिमा पनि बनाएको छ ।
पेशाले इन्जिनियर सारु पूर्व ब्रिटिस गोर्खा अफिसर पनि हुन् । उनी क्याप्टेन पदसम्म पुगेका थिए । हाल उनले आफ्नै सारु इमेज लिमिटेडमार्फत व्यवसाय पनि गर्दै आएका छन् ।
समाजसेवामा लगनशील सारुको समाजसेवा प्रतिको लगाव देखेर उनलाई साथीभाइले एनआरएनएमा जान सुझाव दिएका हुन् । ’विगतमा मैले गरेका कामहरुबाट प्रभावित साथीभाइहरुको सुझाव सल्लाह अनि मेरो पनि यस संघलाई अझ सशक्त बनाएर अगाडि लैजाने इच्छा पहिलेबाट नै भएको कारणले मैले इङ्ल्याण्ड राज्य समितिको अध्यक्षमा उमेद्ववारी दिएको हुं’ उनले भने । उनले सबै बेलायतबासी नेपाली आमाबाबा तथा दाजुभाई दिदीबहिनीहरुलाई आउने एनआरएनए युकेको चुनावमा आफूलाई मतदान गरी जिताउनु हुन पनि अनुरोध गरेका छन् ।
त्रिभुवन क्याम्पस तानसेन पाल्पामा ब्याचलर पढ्दै गर्दा ब्रिटिस आर्मीमा भर्ना भएका सारुले युकेको ग्रीनवीच युनिभर्सिटीबाट हाइवे इन्जिनियरिङमा स्नातक र इन्जिनियरिङ मेनेजमेन्टमा सोही युनिभर्सिटीबाट बिएस्सी अनर्स पास गरेका छन्। इन्जिनियरिङ क्षेत्रमा हाइवे, एअरफिल्ड टनेलिङ, रेलवे नेटवर्क इन्जिनियरिङ विज्ञको रुपमा चिनिएका सारु अब समाजको इन्जिनियरिङ मिलाउने योजनामा अगाडि बढेका छन् ।
रिजर्भ आर्मीका इन्जिनियर सारु समाजसेवा भनेपछि भुतुक्कै हुन्छन् । सारुले नेपालका धेरै स्कुलहरुलाई सहयोग पुरयाएका छन् । उनले धेरै च्यारिटी संस्थाहरुलाई सहयोग उठाएका छन् । उनी प्रिजनर्स एसिस्टेन्स (पिए) नेपालका युके प्रतिनिधि पनि हुन् ।
कुरामा भन्दा काममा विश्वास गर्ने सारूले आफू इङ्ल्याण्ड राज्य समन्वय समितिको अध्यक्ष पदमा निर्वाचित भएमा सबै नेपाली कम्युनिटीमा एनआरएनका बारेमा जनचेतनामूलक कार्यक्रम सश्चालन गर्ने योजना बनाएका छन् । एनआरएनए भनेको के हो र यसको आउने दिनहरुमा महत्व के छ ? नेपालमा नयां संविधानमा एनआरएनका लागि के प्रावधान छ ? अनि ती प्रावधानहरुले बेलायतबासी नेपालीहरुलाई के कस्तो असर पुरयाउंछ भन्ने बारेमा जानकारीमूलक अभियान चलाउने उनको लक्ष्य छ । युकेवासी नेपालीको नेपालमा भएको सम्पतिमा नेपालमा अब आउने कानूनहरुले के कति असर पुरयाउंछ भन्ने बारेमा जानकारी दिलाउने र एनआरएन युकेको सदस्यता झण्झटमुक्त बनाउन अनलाइन रजिष्ट्रेसन प्रभावकारी बनाउने पनि उनको योजना छ । एनआरएनको सदस्यता नवीकरणलाई सजिलो बनाउने र पोस्टल भोटिङ लागू गर्नुपर्नेमा पनि उनको जोड छ ।
आफू पनि पूर्व गोर्खा भएकाले गोर्खाहरुको मागलाई प्रभावकारी र सशक्त रुपमा उठाउने उनको प्रतिवद्धता छ । इङल्याण्ड राज्यभित्र एनआरएनको संगठन विस्तार गर्ने अनि एनआरएनए एनसिसी र आइसिसीका योजनालाई इङ्ल्याण्डभित्र सफल बनाउने उनको योजना छ ।
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
‘जारी २: सङ अफ च्याब्रुङ’ र ‘मन बिनाको धन’ एकसाथ प्रदर्शनमा
एनआरएनएको सचिवालयमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या समाधानबारे समन्वयात्मक बैठक
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
राहदानीको विषय समाधान उन्मुख छ : नेपाल सरकार परराष्ट्र मन्त्रालय
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
एनआरएनए हङकङद्वारा ईको कविता प्रतियोगिता आयोजना, विश्वभरका नेपाली साहित्यकारले भाग लिन पाउने
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल