
लन्डन । नेपाल कम्यूनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा सांसद विशाल भट्टराईले गैरआवासीय नेपालीलाई नागरिकताको दिन गृहकार्य सुरु भैसकेको बताएका छन् ।
प्रवासी नेपाली एकता मंच यूकेले बेलायत भ्रमणमा रहेका नेकपाका केन्द्रीय सदस्य तथा सांसद विशाल भट्टराईसँग शुक्रबार गरेको अन्तरक्रियामा उनले सो जानकारी दिएका हुन् । सांसद भट्टराईले नेपाली जहाँ गएपनि नेपाली भएकाले नागरिकता पाउने कुरामा ढुक्क हुन आग्रह गरे ।
उनले प्रवासी नेपालीले यहाँ आर्जन गरेका ज्ञान सीप लगानी नेपालमा ल्याउन अनुरोध समेत गरे । नेपाल परिवर्तन गर्न विद्यार्थी आन्दोलनका होमिएका समकालीन साथीहरुलाई बेलायतमा देख्दा विगत स्मरण भएको भन्दै भट्टराई भावुक पनि बने ।
प्रवासी नेपाली एकता मंच यूकेका नेता राजेन्द्र पुडासैनीको अध्यक्षतामा भएको अन्तरक्रियामा प्रवासी नेपाली एकता मंच यूकेका अर्का नेता सुरेश गौतमले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
अन्तरक्रियामा नेपाल कम्यूनिस्ट पार्टी निकट प्रवासी नेपाली एकता मंच यूकेका नेता तथा कार्यकर्ताको उपस्थिति थियो । नेकपाका पारुहाङ राई र देवान राईसहित बेलायत आएका भट्टराई शनिवार स्वदेश फर्कर्दै छन् ।

रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे