लन्डन । नर्सिङ पेशाको मात्र होइन, समस्त नेपाली र नेपालकै गौरव बनेकी छन् कल्पना घिमिरे । उनी अहिले वार्टफोर्ड जनरल हस्पिटल, मेडिसिन डिभिजनको मेट्रोन भएकी छन् । सन् २०१२, जुनदेखि वार्टफोर्ड जनरल हस्पिटल ‘जोइन’ गरेकी कल्पनाले छोटै अवधिमा त्यो जिम्मेवारी पाएकी हुन् । ‘८ ए ब्याण्ड’ तहमा रहेर काम गर्ने थोरै नेपाली मध्ये पर्छिन् उनी ।
२९ अप्रिलबाट मेट्रोन भूमिका शुरु गरेकी कल्पनालाई बिरामीको चाप व्यवस्थापन मुख्य जिम्मेवारी छ । ४ वटा वार्ड मध्ये एक डेढसय बिरामी एकजना मेट्रोनमा पर्ने कल्पना बताउंछिन् । करिब २०० नर्स उनको अण्डरमा काम गर्छन् । ‘कर्मचारी व्यवस्थापन, बिरामीको चाप (फ्लो) व्यवस्थापन, जटिल प्रकृतिको बिरामीका केस र गुनासा समाधान अर्थात सिनियर लिडरसीपको काम हो मेरो’, उनले आफ्नो काम प्रष्ट्याइन् । सेफ्टी, इन्फेक्सन कन्ट्रोल र क्वालिटी मेन्टेन उनका प्रमुख जिम्मेवारी छन् । कडा परिश्रम र पेशाप्रति ‘कमिटमेन्ट’ नै सफलताको कडी भएको उनले खुलाइन् । ‘काममा मेरो पागलपन छ’, उनी भन्छिन्, ‘वर्क इज वरसिप’ । सयौं बिरामीको स्वास्थ्यसंग प्रत्यक्ष जोडिने भएकाले काममा हुंदा म बाहिरी संसार बिल्कुलै बिर्सन्छु ।’
आफ्नो रोल मेन्टेन गर्न चुनौति भने रहेको उनी बताउंछिन् । ५ वर्षभित्र हेड अफ नर्सिङ बन्ने उनको लक्ष्य छ । तलव सुविधा राम्रो र ‘अनसोसियल’ आवर्समा काम गर्नु नपर्दा उनलाई परिवार अनि जागिर व्यवस्थापन सहज पनि भएको छ ।
सन् २००५ मा बेलायत आएकी हुन् कल्पना । क्रिटिकल केयर नर्सिङ स्पेशलाइजेसन हो उनको खास । करिब दश वर्ष क्रिटिकल केयरमा काम गरेको अनुभव छ । दश वर्ष फ्रिम्ली पार्क हस्पिटल, युनिभर्सिटी कलेजमा काम गरेकी उनी २०१७ देखि इन्टेन्सिभ केयरबाट निस्किएर व्यवस्थापनतिर लागेकी हुन् ।
पढ्न सानैदेखि तेज थिइन् उनी । सन् १९९९ मा ललितपुर नर्सिङ कलेजबाट डिप्लोमा इन नर्सिङ गरेकी उनले सन् २००३ मा युनिभर्सिटी अफ ढाकाबाट पोस्ट ग्रयाजुएसन गरेर डिनबाट विशेष प्रमाणपत्र समेत पाएकी थिइन्् । सन् २००५ मा तत्कालिन राजाबाट महेन्द्र विद्याभूषण समेत पाएकी छन् उनले ।
लन्डन साउथ बैंक युनिभर्सिटीबाट क्रिटिकल केयरमा अनर्स डिग्री गरेकी छन् । हर्टफोर्डसायर युनिभर्सिटीबाट हेल्थ केयर लिडरसीपमा मास्टर्स गरेपछि आफूलाई नेतृत्वदायी भूमिका वहन र व्यवस्थापन सीप उच्च तहमा पुगेको उनी गर्व गर्छिन् ।
सेभ दि चिल्ड्रेन यूकेमा काम गरेको अनुभव पनि उनीसंग छ । बेलायत आउनुअघि नेपालमा नर्सिङ कलेजहरुमा केही वर्ष पढाइन् पनि ।
नेपलिज नर्सिङ एसोसिएसन यूके (एनएनए) मा समेत आवद्ध उनी एनएनएमार्फत नेपालमा पनि केही गर्न चाहन्छिन् । बेलायतका नर्सहरुले आफ्नो सीप स्वदेशमा पनि ‘ट्रान्सफर’ गर्नुपर्ने उनको धारणा छ ।
नर्सिङ हार्ड वर्किङ पेशा भएको उनको अनुभव छ । यसमा स्कोप बढि र विस्तार हुंदै गएको पेशा ठान्छिन् उनी । ‘एकेडेमिक रुपमा यो पेशा साउण्ड छ’, नयां पुस्तालाई उनको सुझाव छ, ‘दत्तचित्त भएर लाग्नुस्, यसमा बेफाइदा छैन् ।’
गायक तथा सर्जक वसन्त लम्सालको ‘मगर्नीको तीनपाने भाग २’ बजारमा
एनआरएनका लागि नेपालको अन्तर्राष्ट्रिय विमानस्थलमा अलग्गै डेस्क राखिने
नेपाली कांग्रेसका सभापति गगन थापाको राजीनामा अस्वीकृत
पोखरा विमानस्थल अनियमितताबारे २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
बेलायती रक्षा मन्त्रालयमा चर्काचर्की
यी हुन् प्रतिनिधिसभा समानुपातिकतर्फ निर्वाचित ११० सांसदको नाम [सूची]
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
एनआरएनए एकता महाधिवेशनले गैरआवसीय नेपालीलाई एक सूत्रमा बाँधेको छ : डा. केसी
श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने