लण्डन । आसन्न गैर-आवासीय नेपाली संघ बेलायतको निर्वाचनमा बेलायतबाट प्रतिनिधित्व गर्ने आइसिसी सदस्यमा रमेश बांस्तोलाले उम्मेदवारी दिने भएका छन् ।
पोखराका बाँस्तोलाले नेपाली नागरिकताको निरन्तरता, गैर-आवासीय नेपाली संघलाई समाजमा अझ घुलमिल गराउने, ब्रिटिश गोर्खा सैनिकहरुको मागहरुलाई सही ठाउँमा पुर्याउन र युवा तथा महिलाहरुको माझ आकर्षण बढाउन आफूले उम्मेदवारी दिन लागेको बताए ।
बाँस्तोलाले त्रिभुवन विश्वविध्यालयबाट समाजशास्त्रमा स्नातकोत्तरसम्म अध्ययन गरेका छन् । उनी पोखरा कलेज अफ टेक्नोलोजीको संस्थापक पनि हुन् । १७ वर्षदेखि बेलायतमा सपरिवार बसोबास गर्दै आएका बाँस्तोला ग्रेटर रेडिङ नेपाली कम्युनिटी, सहारा युके, पोखरेली मंच युके, यति एसोसिएसन युके लगायत विभिन्न संघसंस्थामा रही सामाजिक कार्य गर्दै आएका छन् ।
हरेक गैर आवासीय नेपालीका अधिकार सुरक्षित राख्न र सुरक्षित लगानीको वातावरण निर्माण गर्न पहल गर्दै देशभित्र लगानी भित्राउने उद्देश्यका साथ आफूले उमेद्वारी दिने निर्णय गरेको उनले बताए ।
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे