![]()
लण्डन-साविक राप्ती अञ्चलबाट आएर बेलायतका विभिन्न भागमा बसोबास गर्ने राप्तीवासीहरुको ग्रिष्मकालिन भेटघाट गत शनिवार लन्डनको फेल्थममा सम्पन्न भएको छ । कार्यक्रममा हालै प्रमोशन भएका, नयां सन्तान जन्माएका, डिग्री हासिल गरेका समाजका सदस्य तथा परिवारजनलाई सम्मान गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व मन्त्री तथा साहित्यकार बलदेव शर्मा मजगैयांले नयां संविधान अनुसार राप्ती अञ्चल नरहे पनि बेलायतमा बस्ने राप्तीवासीहरु अझै संगठित रहेको देख्दा आफुलाई खुसी लागेको बताए। उनले आगामी दिनमा पनि यसैगरी एकजुट भएर बस्न सबै राप्तीवासीहरुलाई सुझाव दिए।
भेरी समाज युकेका अध्यक्ष गोपाल थापाले बेलायतमा आएर राप्तीवासी मित्रहरुसंग सहकार्य गर्न पाउंदा आफुहरु निकै खुसी भएको बताए। समाजका सल्लाहकार भगीरथ योगीले बेलायतमा हुर्की रहेको नयां पुस्तालाई नेपाली भाषा, भेष, संस्कृति र संस्कारबारे जानकारी दिन आवश्यक रहेको बताए।
गोर्खा सेन्टरका गोपाल तामांगले हिथ्रो विमानस्थलमा अलपत्र परेकी एक वृद्ध महिला धनसरी बुढालाई समाज र आफुले पुराएको सहयोगबारे जानकारी गराएका थिए ।
![]()
कार्यक्रममा समाजका अध्यक्ष हिक्मत रोकाले समाजका गतिविधिमा सक्रियतापूर्वक सघाउने सबैलाई धन्यवाद दिएका थिए भने उपाध्यक्ष केशर रोकाले सबैलाई स्वागत गरेका थिए ।
कार्यक्रमको शुरुमा हालै मेडस्टोन काउन्सिलमा काउन्सिलर पदमा निर्वाचित समाजका महासचिव दिनेश खड्कालाई स्वागत तथा अभिनन्दन गरिएको थियो।
कार्यक्रमको दोश्रो चरणमा नेपालबाट आएका कलाकारहरु भूमिका गिरी तथा कुमार पुनले चर्चित गीतहरु गएर दर्शकहरुलाई नचाएका थिए । कार्यक्रममा समाजका नानीहरुले सांस्कृतिक प्रस्तुति पनि गरेका थिए ।
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे