लन्डन । नेपलिज ब्रिटिश कम्युनिटी (एनबीसी) यूकेले संस्थाका संस्थापक अध्यक्ष तथा वर्तमान सल्लाहकार कमल पौडेलको चुनावी अभियानमा समर्थन गर्ने निर्णय गरेको छ । उक्त संस्थाले एनआरएनए यूके उपाध्यक्षका प्रत्यासी पौडेलको चाहनालाई सर्वसम्मतिले समर्थन गर्दै अभियान शुरु गर्ने निर्णय गरेको हो ।
गत २३ जुलाई मंगलबार नर्थ हयारोको ब्ल्युमुन रेष्टुरेन्टमा बसेको कार्यसमिति तथा सल्लाहकारहरुको बैठकले ‘कमल पौडेललाई जिताऔं’ भन्ने अभियान सहित आवश्यक तयारी, सदस्यता विस्तार, सम्पर्क तथा भेटघाट र चुनाव प्रचार व्यापक बनाउन कार्यसमितिका सबै सल्लाहकार तथा सदस्यहरू प्रचार समितिमा रहने गरि राजेन्द्र ओझा संयोजक र वसन्त नेपाल सहसंयोजक भएको १०१ सदस्यीय प्रचार प्रसार समिति गठन गरेको छ ।
संस्थाले पौडेललाई विजयी गराउन सम्पूर्ण सदस्यहरु, समर्थक, शुभचिन्तक र वेलायतवासी नेपाली दाजुभाई, दिदी बहिनीहरुलाई अपिल समेत गरेको छ ।
विदेशबाट मतदान अधिकारबारे तयार पारिएको प्रतिवेदन सार्वजनिक
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान