लण्डन- इंग्ल्यान्ड २७ वर्षपछि विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ । आयोजक इंग्ल्यान्डले बिहीबार दोस्रो सेमिफाइनलमा पाँचपल्टको विजेता अस्ट्रेलियालाई ८ विकेटले सजिलै पराजित गरेपछि आइतबार लर्डसमा हुने फाइनलमा इंग्ल्यान्ड र न्युजिल्यान्डबीच प्रतिस्पर्धा हुँदै छ । यी दुवै टोलीले अहिलेसम्म विश्वकप जित्न सकेका छैनन् । न्युजिल्यान्डले अघिल्लो दिन पहिलो सेमिफाइनलमा भारतलाई स्तब्ध पारेको थियो । न्युजिल्यान्ड लगातार दोस्रोपल्ट फाइनल खेल्दै छ । समूह चरणको खेलमा इंग्ल्यान्डले न्युजिल्यान्डमाथि १ सय १९ रनको जित हात पारेको थियो ।
सन् १९९२ मा पछिल्लो पटक इंग्ल्यान्डले फाइनल खेलेको थियो, जहाँ टोली पाकिस्तानसँग उपाधि भिडन्तमा पराजित भयो । त्यसयता इंग्ल्यान्ड सेमिफाइनल पनि पुग्न सकेको थिएन । १९७९ को फाइनलमा इंग्ल्यान्डलाई वेस्ट इन्डिज र १९८७ मा अस्ट्रेलियाले पराजित गरेको थियो । चार वर्षअघि विश्वकपमा इंग्ल्यान्ड पहिलो चरणबाटै बाहिरिएको थियो ।
त्यसयता इंग्ल्यान्डलाई यो स्थितिमा पुर्याउन अस्ट्रेलियाका प्रशिक्षक ट्रेभोर बेलिसको उल्लेखनीय योगदान छ । चार वर्षको अन्तरमा एकदिवसीय अन्तर्राष्ट्रियमा विश्व नम्बर एक बनिसकेको टोली विश्वकप उपाधि नजिक पनि पुगेको छ । अस्ट्रेलिया पहिलोपल्ट सेमिफाइनलमा पराजित भएको हो । यसअघिका सात सेमिफाइनल जित्दा अस्ट्रेलिया पाँचपल्ट विश्वविजेता बनेको थियो ।
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त