लण्डन- इंग्ल्यान्ड २७ वर्षपछि विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ । आयोजक इंग्ल्यान्डले बिहीबार दोस्रो सेमिफाइनलमा पाँचपल्टको विजेता अस्ट्रेलियालाई ८ विकेटले सजिलै पराजित गरेपछि आइतबार लर्डसमा हुने फाइनलमा इंग्ल्यान्ड र न्युजिल्यान्डबीच प्रतिस्पर्धा हुँदै छ । यी दुवै टोलीले अहिलेसम्म विश्वकप जित्न सकेका छैनन् । न्युजिल्यान्डले अघिल्लो दिन पहिलो सेमिफाइनलमा भारतलाई स्तब्ध पारेको थियो । न्युजिल्यान्ड लगातार दोस्रोपल्ट फाइनल खेल्दै छ । समूह चरणको खेलमा इंग्ल्यान्डले न्युजिल्यान्डमाथि १ सय १९ रनको जित हात पारेको थियो ।
सन् १९९२ मा पछिल्लो पटक इंग्ल्यान्डले फाइनल खेलेको थियो, जहाँ टोली पाकिस्तानसँग उपाधि भिडन्तमा पराजित भयो । त्यसयता इंग्ल्यान्ड सेमिफाइनल पनि पुग्न सकेको थिएन । १९७९ को फाइनलमा इंग्ल्यान्डलाई वेस्ट इन्डिज र १९८७ मा अस्ट्रेलियाले पराजित गरेको थियो । चार वर्षअघि विश्वकपमा इंग्ल्यान्ड पहिलो चरणबाटै बाहिरिएको थियो ।
त्यसयता इंग्ल्यान्डलाई यो स्थितिमा पुर्याउन अस्ट्रेलियाका प्रशिक्षक ट्रेभोर बेलिसको उल्लेखनीय योगदान छ । चार वर्षको अन्तरमा एकदिवसीय अन्तर्राष्ट्रियमा विश्व नम्बर एक बनिसकेको टोली विश्वकप उपाधि नजिक पनि पुगेको छ । अस्ट्रेलिया पहिलोपल्ट सेमिफाइनलमा पराजित भएको हो । यसअघिका सात सेमिफाइनल जित्दा अस्ट्रेलिया पाँचपल्ट विश्वविजेता बनेको थियो ।
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे