
अध्यक्ष सेन
लन्डन । चितवन एड ट्रस्ट यूके (क्याट) यूकेको अध्यक्षमा समाजसेवी जीवन सेन निर्वाचित भएका छन् ।
साउथइस्ट लन्डनमा आइतवार भएको निर्वाचनमा प्रतिस्पर्धी यादव श्रेष्ठलाई पराजित गर्दै सेन अध्यक्षमा निर्वाचित भएका हुन् ।
दुवैजना अघिल्लो कार्यसमितिमा उपाध्यक्ष थिए । दुवै उम्मेदवारबीच सहमतिका विभिन्न प्रयास भएपनि सफल नभएपछि चुनाव भएको थियो । अध्यक्ष सेनको नेतृत्वमा गठित कार्यसमितिका उपाध्यक्षहरुमा पार्वती पाण्डे न्यौपाने, राम भट्टराई र शालिक सापकोटा विजयी भए ।
महासचिवमा टिएन रिजाल निर्वाचित भए भने अन्य पदमा सर्वसम्मत भएका छन् । नयाँ कार्यसमितिको कार्यकाल २ वर्ष रहनेछ । बेलायतमा बस्ने चितवनवासीहरुको साझा संस्थाका रुपमा क्रियाशील क्याट यूकेले नेपालमा विभिन्न परोपकारी काम गर्दै आएको छ ।
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे