
फगामी
लन्डन । गैर आवासीय नेपाली संघ बेलायतको आसन्न निर्वाचन प्रयोजनका लागि अध्यक्ष योगकुमार फगामीलाई निर्वाचन समिति गठनको जिम्मा दिइएको छ ।
आइतबार अल्डरसटमा बसेको कार्यसमिति बैठकले विधानका विषयमा टुङगो लागेपछि मात्रै निर्वाचन समिति गठन प्रक्रिया अघि बढाउने गरि फगामीलाई जिम्मा दिएको हो । आगामी १४ सेप्टेम्बरमा २०१९- २०२१ का लागि हुने चुनावको निर्वाचन समिति गठनलाई सबैले चासोका रुपमा हेरेका छन् ।
बैठकले निर्वाचन समितिमा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्मा रहेका व्यक्तिलाई नराख्ने निर्णय गरेको महासचिव राजकुमार त्रिपाठीले बताए ।
निर्वाचनमा समितिमा निस्वार्थ समाज सेवा गरेर र कुनै पक्ष नलिएका मध्येबाट राख्नु पर्ने दवाव अध्यक्ष फगामी माथि पर्दै आएको छ । महासचिव त्रिपाठीले बेलायतस्थित सम्पूर्ण संस्थाहरुको सल्लाह सुझावमा निष्पक्ष निर्वाचन आयोग बनाउन लागिएको जानकारी दिए ।
विधानमा करिब ९० प्रतिशत जनसंख्या भएको ठाउंमा जम्मा दुई जना उपाध्यक्ष र अन्यलाई चार जना कोटा छुट्याउंदा न्याय नहुने भन्दै कार्यसमितिमा मतक्यै रहंदै आएको छ । जसका कारण लम्बिएको विधान विषयलाई आगामी अगस्ट १० गतेको राष्ट्रिय सम्मेलनमा पेश गरि अन्तिम रुप तयार गर्ने योजना कार्यसमितिको छ ।
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे