
लन्डन । नेकपा स्थायी समिति सदस्य देवेन्द्र पौडेलले समृद्धिका लागि तीव्र गतिमा काम भैरहेको दावी गरेका छन् । पूर्व एमालेको प्रवासी नेपाली मंच यूके र जनप्रगतिशील नेपाली मंच यूकेले संयुक्त रुपमा पौडेलको स्वागत र विदाई कार्यक्रममा उनले सो दावी गरेका हुन् ।
नेपाली मिडियामा आएजस्तो देशको खराव स्थिति नरहेको पौडेलले जनाए । उनले शिक्षा, स्वास्थ्य, रोजगारीका क्षेत्रमा तीव्र गतिमा काम भैरहेकाले केही बर्षभित्रै जनताले सरकारका कामको प्रशंसा गर्न थाल्ने बताए । प्रवासी नेपालीले ज्ञान र सीपसहित आर्थिक लगानी गर्न नेता पौडेलले सवैलाई आग्रह समेत गरे ।
प्रवासी नेपाली मंच यूकेका अध्यक्ष राजेन्द्र पुडासैनीले पार्टी एकता कार्य तत्काल टुंग्याउन र कार्यकर्तालाई विकासमा परिचालन गर्ने बातावरण बनाउन नेता पौडेललाई आग्रह गरे । उनले प्रवासी नेपालीले यहाँ सिकेको ज्ञान-सीप नेपाल सरकारलाई हस्तान्तरण गर्न तयार रहेको जानकारी दिए ।
पूर्व माओवादी निकट जन प्रगतीशिल मंच यूकेका अध्यक्ष सुरेश गौतमले झण्डै दुई तिहाईको सरकार कतै नअल्झीकन तीव्र विकासमा अघि बढ्न सुझाब दिए । बेलायतस्थित पूर्व एमाले र माओवादी निकट नेताहरुको उपस्थितिमा सो स्वागत र विदाई कार्यक्रम गरिएको थियो ।
कार्यक्रममा उपाध्यक्ष रामजी बराल, सरस्वती केसी, उमेश मोक्तान, बसन्त नेपाललगायतको उपस्थिति थियो ।

नेता पौडेलसँग सामूहिक तस्विर
राजा एडवर्ड सातौं पार्क: वेम्बलीको मुटुमा एक शान्त छहारी !
बेलायती प्रधानमन्त्री कीर स्टार्मरमाथि बढ्दो राजनीतिक दबाब
संविधानसभा सदस्य तथा पहिचानवादी नेता कुमार राईको निधन
इरानको नयाँ शान्ति प्रस्तावमा अमेरिकी राष्ट्रपति ट्रम्प असन्तुष्ट : रिपोर्ट
गोरखाली समाज यूकेको अध्यक्षमा टकमाया गुरुङ निर्विरोध निर्वाचित
बेलायतमा बेपत्ता नेपाली वृद्धा सकुशल फेला
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
नेपालका गृहमन्त्री सुधन गुरुङको राजीनामा घोषणा
एनआरएनए र सांस्कृतिक संस्थानबीच नेपालको सांस्कृतिक पर्यटन प्रवर्द्धनका विषयमा छलफल