लण्डन । लण्डनका चिरपरिचित व्यवसायी कमल पौडेलले यही सेप्टेम्बरमा हुने एनआरएनए युकेको नवौँ अधिवेसनबाट निर्वाचित हुने नयाँ कार्यसमितिको उपाध्यक्षमा दाबी गरेका छन् ।
एनआरएन अभियानमा धेरै अगाडिदेखि सहभागी हुँदै आए पनि पारिवारिक र व्यावसायिक ब्यस्तताका कारण कुनै पदमा बस्न नसकेको उनले बताए । ‘अहिले परिस्थिति अनुकूल भएको र साथीभाइहरुले पनि कार्यसमितिमा बस्न अनुरोध गरेकाले उम्मेदवारी दिने सोच बनाएको हुँ’-पौडेलले भने ।
पौडेल अहिले लण्डनबाट आइएमई मनी ट्रान्सफर सञ्चालन गर्ने गर्छन् । उनको बेलायत र नेपालमा विभिन्न व्यवसायमा लगानी छ ।
बाग्लुङका कमल पौडेल नेपाल छँदै व्यवसायमा आवद्ध थिए । उनले करिब ३० वर्षअघि चितवनमा राइस मिल, आयल मिल, दाना उद्योगलाई कच्चा पदार्थ आपूर्ति गर्ने व्यवसाय सञ्चालन गरेका थिए ।
सन् २००१ मा अध्ययनका लागि युके आएका पौडेलले सन् २००३ देखि आइएमइ मनी ट्रान्सफर चलाउँदै आएका छन् । यसबाहेक उनको इन्भेष्टभेष्ट कम्पनी, व्यवस्थापन कम्पनी, प्रोपर्टी व्यवसायमा लगानी छ । उनी आएमइ ग्लोबल होल्डिंग्स युके र नेपाल जीएफडिआइ युकेका पनि निर्देशक छन् ।
यसैगरी, नेपालमा आइएमई लाइभ इन्स्योरेन्स, ग्लोबल आइएमई बैँक, हाथवे फाइनान्स, आइएमई कोअपरेटिभ, हाथवे इन्भेष्टमेण्टअन्तर्गत हाइड्रो आदिमा लगानी छ ।
उपाध्यक्षमा निर्वाचित भएमा एनआरएनको सदस्यतालाई व्यवस्थित पार्ने, एनआरएनलाई सबै नेपालीको सहभागिता र अपनत्व कायम गराउन कोसिस गर्ने र एनआरएनको सम्पत्तिमाथिको अधिकारलाई स्थापित गराउन पहल गर्ने बताए ।
उनले आफ्नो उम्मेदवारी प्यानलमा नभई नितान्त व्यक्तिगत उम्मेदवारी भएको र जो अध्यक्ष आए पनि सहयोग गर्ने बताए । पौडेल एनआरएनए युकेको दुई कार्यकालदेखि सल्लाहकार छन् ।
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे