लन्डन- पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जेष्ठ नागरिक तथा अल्जाइमर्स रोग विशेषज्ञको रुपमा विगत चार वर्षदेखि कार्यरत डा. रमेश कंडेललाई ब्रिटेनको रोयल कलेज अफ फिजिसियन्स, एडिनबराले ‘ब्रायन च्यापम्यान’ स्कलरसिपबाट सम्मानित गरेको छ ।
विश्वभरिका हजारौं प्रतिस्पर्धीमध्येबाट उनीसंगै यो वर्ष म्यान्मारका अर्का एक चिकित्सकलाई पनि उक्त अवार्ड दिइएको हो । उनी हालै एडिनबरामा आयोजित एक प्रशिक्षण कार्यक्रममा भाग लिएर नेपाल फर्किएका छन् ।
दिल्लीस्थित एआइआइएमएसबाट जेरियात्रिक मेडिसिनमा एमडी गरेका डा. कंडेल नेपालकै पहिलो रजिष्टर्ड जेष्ठ नागरिक रोग विशेषज्ञ पनि हुन् । उनकै पहलमा पाटन अस्पतालमा नेपालकै पहिलो जेष्ठ नागरिक विभाग तथा वार्ड सन्चालनमा छ । यसका साथै उनले नेपालका अन्य सरकारी तथा निजी अस्पातलमा पनि जेरियात्रिक विभाग शुरु गराउन स्वास्थ्य मन्त्रालयसँग समन्वय गरिरहेका छन् ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने