लन्डन- पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जेष्ठ नागरिक तथा अल्जाइमर्स रोग विशेषज्ञको रुपमा विगत चार वर्षदेखि कार्यरत डा. रमेश कंडेललाई ब्रिटेनको रोयल कलेज अफ फिजिसियन्स, एडिनबराले ‘ब्रायन च्यापम्यान’ स्कलरसिपबाट सम्मानित गरेको छ ।
विश्वभरिका हजारौं प्रतिस्पर्धीमध्येबाट उनीसंगै यो वर्ष म्यान्मारका अर्का एक चिकित्सकलाई पनि उक्त अवार्ड दिइएको हो । उनी हालै एडिनबरामा आयोजित एक प्रशिक्षण कार्यक्रममा भाग लिएर नेपाल फर्किएका छन् ।
दिल्लीस्थित एआइआइएमएसबाट जेरियात्रिक मेडिसिनमा एमडी गरेका डा. कंडेल नेपालकै पहिलो रजिष्टर्ड जेष्ठ नागरिक रोग विशेषज्ञ पनि हुन् । उनकै पहलमा पाटन अस्पतालमा नेपालकै पहिलो जेष्ठ नागरिक विभाग तथा वार्ड सन्चालनमा छ । यसका साथै उनले नेपालका अन्य सरकारी तथा निजी अस्पातलमा पनि जेरियात्रिक विभाग शुरु गराउन स्वास्थ्य मन्त्रालयसँग समन्वय गरिरहेका छन् ।
बेलायतद्वारा अमेरिकालाई सैन्य सहयोग
वैदेशिक रोजगारी कल्याणकारी कोषलाई १० करोड पुर्याउने एनआरएनएको लक्ष्य निर्धारण [यस्ता छन् २५ निर्णय]
अब नेपालको राजनीतिजस्तै एनआरएनलाई पनि फरक किसिमले अगाडि बढाउनुपर्छ : अध्यक्ष डा हेमराज शर्मा [अन्तर्वार्ता]
एनआरएनए नेतृत्वद्वारा परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेट
मध्यपूर्व तनाव चर्कियो