लण्डन । भूपू गोर्खाकी विधवा हिथ्रोमा अलपत्र परे पछि पुलिसको सहारामा अस्पताल पुरयाइएको छ । ८७ वर्षीया धनसरी बुढामगर (२११३३६३८- स्व मन्जित बुढा मगरकी बिधवा) १० तारिख नेपालबाट आउँदा हिथ्रो विमानस्थलमा अवतरणपश्चात् अलपत्र अनि एक्लै घुमिरहेको अवस्थामा पुलिसले समातेर हिलिङ्गडन अस्पतालमा पुरयाएको बताइएको छ ।
महिला अभियन्ता लारा राईले पुर्ख्यौली घर रोल्पा भई, हाल काठमान्डौ बाँसबारी-३, बुढानिलकण्ठ बसोबास गर्ने ति वृद्धा आमालाई अस्पताल गएर भेटेकी थिइन् । पहाडे खस भाषा समेत शुद्ध नबोल्ने ति वृद्धालाई अंग्रेजी आउने कुरै भएन ।
लारा, ज्ञान तामाङ, भिम तामाङ ति वृद्धाको सहयोगमा लागि रहेका छन् । लाराको सुझाव छ – ‘नेपालदेखि आफ्ना बृद्ध वृद्धा आमा-बुवा वा जो कोहि पनि पठाउँदै हुनुहुन्छ भने कृपया कमसेकम एयरपोर्टमा लिन जाने र बेलायतमा बास, गाँस र आफन्तको पूर्ण विवरणसहित पठाउनुस् । उमेरको ख्याल र बृद्ध आमा-बुवाको इच्छा बुझेर मात्रै पठाउनुस् ।’
लाराले यस खालका मुद्दामा गोर्खा हकहितका लागि लागेका अग्रज अभियन्ताहरुको पहल एवं सक्रियतामा पनि जोड दिएकी छन् ।
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे