लण्डन । भूपू गोर्खाकी विधवा हिथ्रोमा अलपत्र परे पछि पुलिसको सहारामा अस्पताल पुरयाइएको छ । ८७ वर्षीया धनसरी बुढामगर (२११३३६३८- स्व मन्जित बुढा मगरकी बिधवा) १० तारिख नेपालबाट आउँदा हिथ्रो विमानस्थलमा अवतरणपश्चात् अलपत्र अनि एक्लै घुमिरहेको अवस्थामा पुलिसले समातेर हिलिङ्गडन अस्पतालमा पुरयाएको बताइएको छ ।
महिला अभियन्ता लारा राईले पुर्ख्यौली घर रोल्पा भई, हाल काठमान्डौ बाँसबारी-३, बुढानिलकण्ठ बसोबास गर्ने ति वृद्धा आमालाई अस्पताल गएर भेटेकी थिइन् । पहाडे खस भाषा समेत शुद्ध नबोल्ने ति वृद्धालाई अंग्रेजी आउने कुरै भएन ।
लारा, ज्ञान तामाङ, भिम तामाङ ति वृद्धाको सहयोगमा लागि रहेका छन् । लाराको सुझाव छ – ‘नेपालदेखि आफ्ना बृद्ध वृद्धा आमा-बुवा वा जो कोहि पनि पठाउँदै हुनुहुन्छ भने कृपया कमसेकम एयरपोर्टमा लिन जाने र बेलायतमा बास, गाँस र आफन्तको पूर्ण विवरणसहित पठाउनुस् । उमेरको ख्याल र बृद्ध आमा-बुवाको इच्छा बुझेर मात्रै पठाउनुस् ।’
लाराले यस खालका मुद्दामा गोर्खा हकहितका लागि लागेका अग्रज अभियन्ताहरुको पहल एवं सक्रियतामा पनि जोड दिएकी छन् ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?