लन्डन । बेलायतवासी नेपालीले नेपालका अटिजम पीडितलाई दुई लाख ३० हजार रुपैयां सहयोग गरेका छन् । बेलायती संसद हाउस अफ कमन्समा १ मेमा आयोजित च्यारिटीबाट संकलित रकममा अतिरिक्त चन्दा उठाएर सहयोग गरिएको हो ।
नेपलिज वुमन एसोसिएसन यूकेकी अध्यक्ष आरती श्रेष्ठले हालै राजधानीस्थित कोलम्बस कलेज, आरती कुञ्जमा आयोजित एक कार्यक्रमबीच अटिजम केयर नेपाललाई चेक हस्तान्तरण गरिन् । श्रेष्ठले आफ्नो व्यक्तिगत डेढ लाख रुपैयांसहितको चेक अटिजम केयर नेपालका अध्यक्ष डा. कपिन्द्र अमात्य र प्रवन्ध निर्देशक डा. सुनिता अमात्यलाई २६ मेमा हस्तान्तरण गरेकी थिइन् ।
सो अवसरमा क्याप्टेन आरएस श्रेष्ठ, गायक योगेश्वर अमात्य, पूर्व राजदूत सूर्यप्रसाद श्रेष्ठ, एसोसिएसनकी संस्थापक संरक्षक डा. मिलन अधिकारी लगायतको उपस्थिति थियो । कार्यक्रमका अवसरमा अटिजम केयर नेपालका अध्यक्ष डा. कपिन्द्र अमात्यले नेपालमा अटिजम अवस्थाबारे ‘प्रिजेन्टेसन’ दिंदै समाजसेवी श्रेष्ठलाई धन्यवाद दिएका थिए ।
समाजसेवी श्रेष्ठको व्यक्तिगत पहलमा संसदमा भएको च्यारिटी डिनरमा राजदूत डा. दुर्गाबहादुर सुवेदी, सांसद बीरेन्द्र शर्मा, एसोसिएसनकी संरक्षक पुनम राज्यलक्ष्मी सुवेदी, अटिजम केयर नेपालकी अन्तर्राष्ट्रिय सल्लाहकार लिन बबिङटन, सोलिसिटर राजु थापा, गायक योगेश्वर अमात्य, समाजसेवी चिकित्सक डा. राघवप्रसाद धिताल (ओबिइ), व्यवसायीहरु मिनु चिब्बर, बिराज भट्ट, यती अध्यक्ष ध्रुव केसी लगायत थिए ।
नेपलिज वुमन एसोसिएसन यूकेले यसअघि पनि नेपालका अटिजम पीडितलाई सहयोग गरेको थियो । एसोसिएसनले भूकम्प पीडितलाई करिब साढे ८ लाख रुपैयां (६ हजार पाउण्ड) र प्रिजनर्स एसोसिएसन अफ नेपाललाई पनि सहयोग गरेको थियो ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने