लन्डन । बेलायतवासी नेपालीले नेपालका अटिजम पीडितलाई दुई लाख ३० हजार रुपैयां सहयोग गरेका छन् । बेलायती संसद हाउस अफ कमन्समा १ मेमा आयोजित च्यारिटीबाट संकलित रकममा अतिरिक्त चन्दा उठाएर सहयोग गरिएको हो ।
नेपलिज वुमन एसोसिएसन यूकेकी अध्यक्ष आरती श्रेष्ठले हालै राजधानीस्थित कोलम्बस कलेज, आरती कुञ्जमा आयोजित एक कार्यक्रमबीच अटिजम केयर नेपाललाई चेक हस्तान्तरण गरिन् । श्रेष्ठले आफ्नो व्यक्तिगत डेढ लाख रुपैयांसहितको चेक अटिजम केयर नेपालका अध्यक्ष डा. कपिन्द्र अमात्य र प्रवन्ध निर्देशक डा. सुनिता अमात्यलाई २६ मेमा हस्तान्तरण गरेकी थिइन् ।
सो अवसरमा क्याप्टेन आरएस श्रेष्ठ, गायक योगेश्वर अमात्य, पूर्व राजदूत सूर्यप्रसाद श्रेष्ठ, एसोसिएसनकी संस्थापक संरक्षक डा. मिलन अधिकारी लगायतको उपस्थिति थियो । कार्यक्रमका अवसरमा अटिजम केयर नेपालका अध्यक्ष डा. कपिन्द्र अमात्यले नेपालमा अटिजम अवस्थाबारे ‘प्रिजेन्टेसन’ दिंदै समाजसेवी श्रेष्ठलाई धन्यवाद दिएका थिए ।
समाजसेवी श्रेष्ठको व्यक्तिगत पहलमा संसदमा भएको च्यारिटी डिनरमा राजदूत डा. दुर्गाबहादुर सुवेदी, सांसद बीरेन्द्र शर्मा, एसोसिएसनकी संरक्षक पुनम राज्यलक्ष्मी सुवेदी, अटिजम केयर नेपालकी अन्तर्राष्ट्रिय सल्लाहकार लिन बबिङटन, सोलिसिटर राजु थापा, गायक योगेश्वर अमात्य, समाजसेवी चिकित्सक डा. राघवप्रसाद धिताल (ओबिइ), व्यवसायीहरु मिनु चिब्बर, बिराज भट्ट, यती अध्यक्ष ध्रुव केसी लगायत थिए ।
नेपलिज वुमन एसोसिएसन यूकेले यसअघि पनि नेपालका अटिजम पीडितलाई सहयोग गरेको थियो । एसोसिएसनले भूकम्प पीडितलाई करिब साढे ८ लाख रुपैयां (६ हजार पाउण्ड) र प्रिजनर्स एसोसिएसन अफ नेपाललाई पनि सहयोग गरेको थियो ।
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे