लण्डन । पछिल्लो समय बेलायत नेपाली चलचित्र क्षेत्रका लागि उर्वर भूमि बन्दै गएको छ । चाहे कलाकारको हिसाबले होस् या लोकेसन, बेलायत अग्रपंक्तिमा पर्छ ।
कुनै समय यस्तो थियो नेपाली चलचित्र भनेपछि युवा पुस्ता नाक खुम्चाउने गर्थे तर अब समय त्यस्तो रहेन । प्रविधिको विकास र नेपाली चलचित्र क्षेत्रमा आएको परिवर्तनले नेपाली चलचित्र पनि युवा पुस्ताको रोजाइमा पर्ने गरेको छ । नेपालमा मात्र नभएर राम्रो चलचित्रको माग विदेशमा पनि हुँदै आएको छ र चलचित्रमा अभिनयमा रुची राख्ने युवा पुस्ताको जमात पनि बढ्दो छ ।
बेलायतबाट मात्रै करिब एक दर्जन नायक नायिकाले नेपाली चलचित्रमा अभिनय गरिसकेका छन् । केही नायिकाहरु राम्रैसँग स्थापित पनि भएका छन् । यसै भिडमा बेलायतबाटै आफ्नो कला देखाउन भाविका उप्रेती मोडलिङ र चलचित्रमा होमिने भएकी छिन् ।
केहि दिन अघि मात्र अत्यधिक सफल चलचित्र प्रेम गीतको तेस्रो संस्करणका लागि नायिका आह्वान गरिएको पहिलो चरणको अडिसनमा २७१४ जनाबाट टप २५ मा पर्न सफल भइन् उनी । ५’३” अग्ली, आकर्षक शारीरिक बनावट र नृत्यमा पारगंत उनी अभिनयमा पनि सशक्त उत्रन सक्ने विश्वास राख्छिन् । ‘चलचित्रमा अवसर पाए बेलायत छोड्न सक्छु’ उत्साहित हुँदै उनले सुनाइन् ।
दश वर्षकै उमेरमा बेलायत आएकी भाविका सानैदेखि नृत्य र अभिनयमा रुची राख्थिन् । उनले बेलायतमा हुने प्राय सांस्कृतिक कार्यक्रममा सहभागी भई अभिनय र नृत्यको भोक मेटाउँदै आएकी छिन् । गोंगबु काठमाण्डौमा जन्मेकी उनी सानो छँदा खेले, घुमेको ठाउँहरु अझै आफ्नो मानसपटलमा ताजै रहेको बताउँछिन् ।
फुर्सदमा उनी युट्यूबमा नेपाली चलचित्र हेर्न रुचाउँछिन् । साथै युट्यूबमा नेपालका रमणीय दृश्य भेट्नासाथ उत्साहित हुँदै मेरो देश भन्दै कलेजका साथीहरुलाई देखाउन उनी पछि पर्दिनन् । चलचित्रमा नेपालकै विभिन्न भागका रमणीय दृश्य देखाइएका कारण अबको नेपाल बसाईमा उनी पोखरा र मुस्ताङ घुम्ने योजनामा छिन् ।
मिल्टन किन्स कलेजमा कक्षा १२ मा अध्ययनरत भाविका हाल एकजना भाइ र बुवाआमाका साथ बेलायतको मिल्टन किन्समा बस्दै आएकी छिन् ।
एनआरएनए हङकङद्वारा विश्वव्यापी इको कविता प्रतियोगिता घोषणा
कतारले ग्यासको उत्पादन रोकेपछि ग्यासको मूल्यमा ४५ प्रतिशत वृद्धि
इरान र अमेरिका–इजरायली द्वन्द्व : बहराइन, जोर्डन र इराक छाड्न अमेरिकी नागरिकलाई विदेश मन्त्रालयको निर्देशन
आदिवासी जनजाति समुदायलाई ‘पैसाले किन्न सकिन्छ’ भन्ने गौतमको अभिव्यक्तिप्रति आपत्ति
भाषाले जोडिने आह्वानसाथ सिलिगुडीमा जम्यो नेपथ्य
ब्रिटिश आर्मीका पूर्वसैनिक गुरुङ अब काउन्सिलर दौडमा
अभियन्ता रोजिना प्रधान राईले एनआरएनएको खुला उपाध्यक्ष पदमा उम्मेदवारी दिनुहुने
हिंसाबीच विश्वकपमा मेक्सिकोप्रति विश्वास
बेलायती सांसदमाथि रेड नोटिस जारी गर्न बङ्गलादेशको दबाब
भूतपूर्व गोर्खा सैनिकको समस्याबारे सर्वोच्च अदालतको आदेश – ‘बेलायत सरकारसँग परिणाममुखी वार्ताको थप पहल गर्नू’