लण्डन– पत्रकारिताप्रति रुचि तथा अध्ययन भएका युवा युवतीहरूलाई बेलायतबाट प्रकाशित एकमात्र अंग्रेजी अनलाइन ‘साउथ एसिया टाइम’ (www.southasiatime.com) ले ‘सिकौं-सिकाऔं साथसाथ अभियान’ मार्फत इन्टर्नसिपको मौका प्रदान गर्ने भएको छ । ‘नयाँ पुस्तासंग भएको ज्ञान र सीपलाई मूर्त रुप दिन र ज्ञानलाई व्यवहारमा उतार्ने सामूहिक थलोको विकास गर्दै लैजाने अभिप्रायले साउथ एसिया टाइम मार्फत यो अभियान संचालन गर्न लागेका हौँ’- सल्लाहकार सम्पादक भगीरथ योगीले भने ।
यस कार्यक्रममा कम्तिमा ए लेभलको अध्ययन समापन गरेका, पत्रकारिता अध्ययन गरेका वा पत्रकारितामा रुचि भएका युवायुवतीले [email protected] मा आफ्नो सीभी पठाएर आवेदन दिन सक्ने छन् । ‘यो अवसर केवल ज्ञानको आदानप्रदान गरी अनुभव हासिल गर्नको लागि सातामा ३-४ घण्टा समय दिन सक्नेहरुका लागि उपयुक्त हुनेछ’- सम्पादक जगन कार्कीले बताए- ‘हाल बेलायतका सबै क्षेत्र र शहरमा छरिएर रहेका इच्छुक युवा पुस्ताकालागि यो अवसर खुल्ला छ ।’
इन्टर्नशीप शुरुमा चार महिना अवधिका लागि हुने र कार्य प्रगतिका आधारमा सो अवधि थप गर्न सकिने बताइएको छ ।
चार महिनाको इन्टर्नशीप सकिएपछि प्रमाणपत्र र कामको अनुभवको पत्र प्रदान गरिनुका साथै अनलाइन पत्रिकाले आवश्यक ‘रेफरेन्स’ पनि प्रदान गर्ने छ । यो योजनाले युवाहरुको क्षमता, आत्मविश्वासमा विकास र समाजसंग घुलमिल हुने, व्यक्तित्व विकास लगायत पत्रकारिता पेशामा प्रवेश गर्न टेवा पुग्ने लक्ष लिएको बताइएको छ ।
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे