राजेन्द्र र सन्ध्या दम्पत्ति ‘बिर्सुं कसरी’ को मोडमा

लन्डन । लन्डनमा अचेल म्यूजिक भिडियो निर्माणले गति लिन थालेको छ । स्थापितदेखि नवोदित कलाकारको समेत रोजाइ बन्दैछ लन्डन । यही मेसोमा लन्डनस्थित एक जना भिडियो तथा फोटोग्राफर राजेन्द्र पौडेल र उनकी जीवनसंगिनी सन्ध्या पौडेल नयां म्यूजिक भिडियोमार्फत झुल्किएका छन् ।

राजेन्द्र पौडेलले छायांकन तथा निर्देशन गरेको पहिलो म्यूजिक भिडियो बुधबार सांझ लन्डन साउथ हयारोस्थित गोल्डेनसीप रेष्टुरेन्टमा एक कार्यक्रम गरि सार्वजनिक गरिएको हो ।

सन्ध्या पौडेलले आवाज दिएको पहिलो गीत ‘म बिर्सुं कसरी…’ बोलको गीतमा भिडियो बनाइएको हो । म्यूजिक भिडियोमा प्रसुना कंडेल, रोश्ना कार्की र विकेशराज बस्नेतको अभिनय छ । कोरियोग्राफी अर्चना गिरी र मेकअप अम्बिका अधिकारीले गरेका छन् ।

‘म बिर्सुं कसरी’ मा बेलायतमै बस्दै आएका संगीतकार आशिष राजको संगीत छ भने रचना जे सागरले गरेका हुन् ।

म्यूजिक भिडियो विमोचनपछि यती नेपाली एसोसिएसन अध्यक्ष ध्रुव केसी, सोलिसिटर राजु थापा, एनआरएनए यूके महासचिव आरके त्रिपाठी र पत्रकार एवं एनआरएन अभियन्ता फडिन्द्र भट्टराईले शुभकामना दिंदै उदयीमान कलाकारहरुलाई आफ्नो गायन, अभिनय दायरा अझ फराकिलो पार्न सुझाए ।

सञ्चारकर्मीसंग बोल्दै निर्देशक पौडेलले आफ्नो पहिलो प्रयासमा गल्ती कमी कमजोरी भए स्वीकार गरि 
रचनात्मक सुझाव दिन आग्रह गरे । मोडल प्रसुना कंडेलले बेलायतमा सिमित श्रोतसाधन र समयबीच प्रस्तुत म्यूजिक भिडियो हेरेर नवोदित कलाकारहरुलाई प्रोत्साहन दिन अनुरोध गरेकी थिइन् ।

भिडियो विमोचन कार्यक्रममा गायिका सन्ध्याले विमोचित सहित थप केही गीत गाएर सुनाइन् । 
संगीतकार आशिष राजले पनि केही गीत गाए । तस्विरहरु- राजेन्द्र पौडेल

यस्तो बनेको छ भिडियो-

प्रतिक्रिया

सम्बन्धित सामाग्री