लन्डन । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, यूकेमार्फत प्रदान गरिने ‘अनेसास सुप्रमा पुरस्कार-२०१८’ का लागि पुस्तक आव्हान गरिएको छ ।
समाजले बेलायती नेपाली डायस्पोरामा लेखिएर जुन २०१८ देखि मे २०१९ सम्ममा प्रकाशन भएका साहित्यका कुनै पनि विद्याका पुस्तकहरु आव्हान गरेको हो ।
पुरस्कार छनोट समितिका संयोजक एवं अनेसास यूके सल्लाहकार डा. रुपक श्रेष्ठले पुस्तक ७ जुन २०१९ सम्म आइपुग्नुपर्ने समयसीमा तोकिएको र ३ थान पुस्तक पठाउनुपर्ने जनाए । उनले यसमा सहभागी हुन साहित्यानुरागीहरुमा अपिल गरेका छन् ।
बेलायती नेपाली डायस्पोराका आदिकवि इश्वरप्रसाद मानन्धरद्वारा सन् २०१२ मा आफ्ना स्व. पिता सुन्दर प्रसाद मानन्धरको नाममा स्थापित २५० स्टर्लिङ पाउण्ड (४० हजार रुपैयां) राशीको उक्त गरिमामय पुरस्कार यस अघि मुकेश राई, दुर्गाप्रसाद पोख्रेल, केदार संकेत, कृष्ण बजगाईं तथा डा. सुमाया राईले पाइसकेका छन् ।
श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने
एनआरएनए विश्व सम्मेलनको १२ बुँदे घोषणापत्र : लगानी, श्रमिक सुरक्षा र एकतामा जोड
बेलायती रक्षा मन्त्रालयमा चर्काचर्की
नेपालमा लगानी गर्न गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान
एनआरएनए एकता महाधिवेशनले गैरआवसीय नेपालीलाई एक सूत्रमा बाँधेको छ : डा. केसी
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
सुर्खेतमा बलात्कारपछि किशोरीको हत्या घटना : दोषीलाई कारबाही माग