लण्डन । मगर संघ युकेले नेपालबाट लोकप्रिय कलाकारहरु ल्याई युकेमा ‘ओपन कन्सर्ट’ गर्ने भएको छ । आगामी जुन १ तारिख शनिबारका दिन फार्नब्रोस्थित फार्नब्रो फुटबल क्लवमा हुने सो कन्सर्टमा नेपालका आधा दर्जन कलाकारले प्रस्तुति दिने जानकारी आइतबार संघले आयोजना गरेको पत्रकार सम्मेलनमा दिइयो ।
कार्यक्रम संयोजक तथा संघकी वरिष्ठ उपाध्यक्ष सीता पुनमगरले कन्सर्टमा वरिष्ठ गायक प्रेमध्वज प्रधान लगायत कलाकारले गाउने जानकारी दिइन् । प्रधानका साथ गायिका शान्तिश्री परियार, कुलेन्द्र विक, निरु श्रीश, हेमन्त आले, काउली बुढी (सन्ध्या बुढा), वुगीवुगी नेपालकी उपविजेता प्रगति पुन, नेपाल आइडलकी निलिमा थापामगर, नायक धिरज मगर लगायतले दर्शकहरुलाई मनोरञ्जन दिलाउने छन् ।
कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत, स्थानीय काउन्सिलका मेयर, काउन्सिलर, एनआरएनए युके अध्यक्ष लगायत स्थानीय संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहने छ । कार्यक्रममा करिब ४० वटा रेस्टुरेन्ट तथा अन्य व्यापारिक स्टल रहने छन् ।
संघका अध्यक्ष सुनिल रानाले कार्यक्रम ब्यवस्थित बनाउन आवश्यक पार्किङ, सुरक्षाकर्मी, स्टेवार्ड लगायतको व्यवस्था गरिएको बताए । उनले कार्यक्रम सम्पन्न गर्न करिब २० हजार पाउण्ड खर्च हुने र टिकट बिक्री, स्पोन्सरबाट सो खर्च उठाउने जानकारी दिए । कार्यक्रमबाट बचेको रकम सामाजिक कार्यमा लगाउने उनले बताए ।
संघका संस्कृति संयोजक सरु (टेन्याङ) रानाले दुई जनाबाहेक सबै कलाकारको भिसाको निर्णय भइसकेको जानकारी दिइन् । उनले युकेमा रहेका सबै नेपालीहरुलाई एक बनाउनका लागि सो कन्सर्ट आयोजना गरिएको प्रष्ट पारिन् । संघका सल्लाहकार पूर्व लेफ्टिनेण्ट कर्णेल याम रानाले आगामी वर्षदेखि ओपन कन्सर्टको स्वरुपलाई परिवर्तन गरी युकेमा रहेका सबै उमेर, सवै वर्गका नेपालीलाई समेट्ने किसिमको बनाइने बताए ।
संघका संरक्षक घनबहादुर थापाले वरिष्ठ गायक प्रेमध्वज प्रधान यही बिहीबार युके आउने र २४ तारिख दूताबासमा स्वागत गरिने जानकारी दिए । कार्यक्रमको टिकट दर अग्रिम बुकिङ गरे १२ पाउण्ड र कार्यक्रम स्थलमा १५ पाउण्ड तोकिएको छ । यस्तै, बृद्धबृद्धा र बालबालिकाका लागि १२ पाउण्ड तोकिएको छ । दिउँसो १२ बजेदेखि साँझ ८ बजेसम्म सो कार्यक्रम चल्ने बताइएको छ ।
सन् २००२ मा स्थापित मगर संघ युकेले सन् २००७ देखि नेपालबाट कलाकार ल्याई ओपन कन्सर्ट गर्दै आइरहेको छ । आयोजकहरुले यसवर्ष करिब ५ हजार दर्शक सहभागी हुने अपेक्षा गरेका छन् ।
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग