लन्डन । प्राध्यापक सूर्यप्रसाद सुवेदी (ओबिइ क्यूसी) ले अर्को महिना बेलायतमा एउटा वैदिक यज्ञ गर्ने भएका छन् । आफ्ना पिताजीको सतवार्षिकीको अवसरमा पूज्य पिता स्वर्गीय पण्डित होमनाथ सुवेदी तथा माताजी स्वर्गीय टुकादेवी सुवेदीको वैकुण्ठवासको कामना गर्दै उहांहरुको सम्मान र सम्झनामा आठ दिनसम्म यज्ञ गर्न लागिएको हो ।
यज्ञमा प्रा. सुवेदीले पण्डित जगदीश पौडेलबाट ७ दिनसम्म श्रीमद्भागवत महापुराण श्रवण गर्ने, आफ्ना दाजु प्राध्यापक देवीप्रसाद सुवेदीबाट दीक्षामन्त्र लिई ६ पयाबाट ९ पयाको यज्ञोपवित (जनै) धारण गर्ने र द्यौ शान्ति अन्तरिक्षगुं शान्ति, पृथ्वी शान्ति आदिको वैदिक मन्त्रले कामना गरेझैं संसारमा शान्तिको कामना गर्दै हवन गर्ने कार्यक्रम छ ।
उच्च रुपमा शिक्षित र दीक्षित भएपछि र गृहस्थाश्रम पुरा गर्न लागेको समयमा ९ पयाको जनै धारण गर्ने सुवेदी कुलको परम्परा अनुसार प्रा. सुवेदीले दीक्षा मन्त्र लिई ९ पयाको जनै धारण गर्ने भएका हुन् ।
वैदिक परम्परा अनुसार तीन पयाले देवताहरु ब्रम्हा, विष्णु महेश्वरको प्रतिनिधित्व गर्छन् भने अर्को तीन पयाले देवीहरु गायत्री, सरस्वती र सावित्रीको प्रतिनिधित्व गर्दछन् । त्यसपछिको तीन पयाले ऋगवेद, यर्जुवेद र सामवेदको प्रतिनिधित्व गर्दछन् भने जनैमा भएको गन्थी (जसलाई ब्रम्ह गाथा भनिन्छ) त्यसले अथर्व वेदको प्रतिनिधित्व गर्दछ ।
गायत्रीले वौद्धिकता, सरस्वतीले विद्धता र सावित्रीले व्यवहारिक कार्यको सफलता प्रदान गर्ने मान्यता छ । यज्ञोपवित धारण गर्ने प्रत्येक ब्राम्हणले गुरु ऋण, पितृ ऋण र ऋषी ऋण तिर्ने प्रतिवद्धताका साथ सोही अनुसारको आचरणमा बस्ने परम्परा छ ।
‘प्रथमे नार्जिता विद्या, द्धितिये नार्जितम धनं, तृतीय नतप स्तप्तम चर्तुथे किंकरिस्यती’ अर्थात जिन्दगीको २५/२५ वर्षका भागमध्ये पहिलो अवधिमा विद्या आर्जन नगरेमा, जीन्दगीको मध्यकालमा धन आर्जन नगरेमा र तेश्रो अवधिमा यज्ञ, यज्ञादी पूण्य कार्य नगरेमा जीन्दगीको अन्तिम वा चौथो कालमा के नै पो गर्न सकिन्छ र भन्ने धार्मिक मान्यता अनुसार हालै ६० वर्ष नाघेका प्राध्यापक सुवेदीले यो वैदिक यज्ञ गर्न लागेका हुन् ।
यसका साथै लमजुंग जिल्लामा शिक्षाको ज्योति बाल्नमा अग्रणी भूमिका निर्वाह गर्ने धर्मशास्त्रवीद स्वर्गीय पण्डित होमनाथ सुवेदीको सम्मान र सम्झनामा नेपालमा शतवार्षिकी स्मृतिसभा र स्मृतिग्रन्थ प्रकाशन गर्ने कार्यक्रम पनि छ ।
प्राध्यापक सुवेदी बेलायतको लिड्स विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानुनका प्राध्यापक र बेलायतका ब्यारिष्टर पनि हुन् ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा