लन्डन । बेलायतमा लामो समयदेखि बसोबासरत अर्थ ब्यबस्थापनका जानकार विकलचन्द्र आचार्यको नयाँ पुस्तक ‘बेलायतको वित्तीय अबलोकन’ छिट्टै पाठक सामू आउने भएको छ । पुस्तकमा बेलायतको वित्तीय सामर्थ, बैंकिंङ इतिहास, बैंकको संरचना तथा कार्यविधि, पाउण्ड स्टर्लिंगको अवस्था, सम्पत्ति सुद्दिकरण, बिमा, ब्रेक्जिट, औद्योगिक क्रान्तिको शिक्षा, लन्डन स्टक मार्केट लगायत वित्तीय क्षेत्रको विविध विषय समाबेश छ ।
बेलायतको वित्तीय परिवेशबाट नेपालले नीतिगत रुपमा सिक्न सक्ने कुराहरु धेरै भएको र यसको लागि आफ्नो सुझाबहरु पनि किताबमा लेखिएको कुरा लेखक आचार्यले बताए । विश्वको एक शक्तिशाली वित्तीय केन्द्र रहेको बेलायतको भित्रि गहिराइमा पुगेर लेखिएको यस किताबले बेलायतको बास्तबिक वित्तीय परिवेश बुझ्न सरल हुने पनि आचार्य बताउँछन् । बेलायतको वित्तीय क्षेत्रले संसारभर प्रभाव पार्ने गरेकोले राजधानी लन्डन आर्थिक केन्द्र रहिआएको छ ।
बेलायतमा मात्रै दिनमा औसत करिब २ दशमलब ७३ ट्रिलियन (२०७३ अर्ब) डलर बराबरको विदेशी विनिमयको कारोबार हुने गर्छ, जुन कुल विश्व कारोबारको ४० दशमलब ९ प्रतिशत हो । अमेरिकाको डाओ जोन्स र नस्डाक पछि लन्डन स्टक मार्केट आउँछ ।
बेलायतको प्रतिष्ठित प्राइभेट स्कुल आर्डिंङलाए कलेजमा छात्रवृत्ति पाएर बि.सं.२०५० मा बेलायत आएका हुन् । बेलायतमा उच्च शिक्षा अध्ययन गरेका आचार्यले शिक्षा, साहित्य तथा स्वास्थ्य क्षेत्रमा कलम चलाउदै आएका छन् । उनका चार अरु पुस्तक प्रकाशित भइसकेका छन् । गोरखा बजारमा ४५ बर्ष अघि जन्मेका आचार्य सानै उमेरमा बेलायत आएपनि लेखनमा क्रियाशील छन् ।
वित्तीय क्षेत्र अलावा नेपालीमाझ मुटुरोगबारे सचेतना जगाउन उनले उलेख्य भूमिका खेलिरहेका छन् । डायस्पोरा जीबनको यथार्थलाइ समेटिएर लेखिएको उनको ‘मोह’ उपन्यास चर्चित भएको थियो ।
लामो समय ब्यबस्थापन बिषयमा अनुभव सँगालेका आचार्य ब्रिटिश मेडिकल जर्नालिष्ट एशोसियसनका सदस्य पनि हुन् ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग