
लन्डन । नेप्लिज नर्सिङ असोसिएसन युकेले नेपालमा आन्दोलनरत नर्सहरुमाथि भएको प्रहरी हस्तक्षेपको कडा शब्दमा भत्र्सना गरेको छ । संघले बिहीबार एक विज्ञप्ति प्रकाशित गर्दै आफ्ना नर्स सहकर्मीहरुले पेशागत हक हितको सुरक्षा, पारदर्शी छनौट प्रक्रिया र पेशागत संगठनको कार्यदक्षताको सवाल उठाउंदै गरेको आन्दोलनका क्रममा भएको प्रहरी हस्तक्षेप र दमनप्रति संस्थाको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
‘विशेषगरी आन्दोलनरत नर्सहरुविरुद्ध नेपाल नर्सिङ संघको हाताभित्रै भएको प्रहरी हस्तक्षेपको हाम्रो संस्था घोर भत्र्सना गर्दछ’- अध्यक्ष विनोद बिकास सिम्खडाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
सरकारी आंकडा अनुसार ५० हजार भन्दा धेरै नर्स बेरोजगार भएको अवस्थामा श्रम शोषण र अत्याचारको खवर भविष्यमा अझै बढि देखिने संघले जनाएको छ । ‘यो स्थिति सम्हाल्न नीति निर्माण तहबाटै कदम चाल्नु पर्ने अवस्था आइसकेको छ’, विज्ञप्तिमा छ- ‘हाल विवादमा आएको विभिन्न अस्पतालको कर्मचारी छनौट प्रक्रिया तत्काल सुल्झाउन सबै सरोकारवालासंग हाम्रो संस्था हार्दिक आव्हान गर्दछ । यो सबै बेथिति विरुद्ध आवाज निकाल्दै आमरण अनशन बसेका नर्सद्वय जिता बराल र डिक्की शेर्पाप्रति र अन्य आन्दोलनरत नर्सप्रति हाम्रो संस्थाको पूर्ण समर्थन छ ।’
नर्सहरुका समस्या सुल्झाउन स्वास्थ मन्त्रालय, श्रम मन्त्रालय र नर्सिङ संघको भूमिका निर्णायक हुने संघको ठहर छ । ‘हाल भइरहेको आन्दोलन सुल्झाउन कुनै पनि खालको समन्वयकारी भूमिका खेल्न हाम्रो संस्था कटिवद्ध रहेको यही ज्ञापनपत्र मार्फत जानकारी गराउंदछौ’- विज्ञप्तिमा जनाइएको छ ।
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे