लन्डन । बेलायती प्रधानमन्त्री टेरेजा मेले विपक्षी लेबर पार्टीका नेता जेरेमी कोर्बिनलाई आफ्ना मतभिन्नताहरु पन्छाउंदै बेलायत युरोपेली संघबाट बाहिरिने सम्झौता (ब्रेक्जिट) मा सहमति जनाउन आग्रह गरेकी छिन् ।
प्रधानमन्त्री मेले ब्रेक्जिट सम्झौता संसदबाट पारित गराउन विपक्षी दलको सहयोग खोजिरहंदा पुनः अपिल आएको हो । लेबर तथा कन्जरभेटिभ दलहरुबीच वार्ता पनि जारी छ ।
बेलायतले गत मार्च २९ मा ईयू छाड्नु पर्ने थियो तर सांसदहरुले प्रधानमन्त्रीले संसदमा प्रस्तुत गरेको सम्झौता तीनपटक अस्वीकार गरिदिएपछि अब ३१ अक्टोबर भित्र ईयू छाड्ने गरि नयां मिति तोकिएको छ ।
लन्डनबाट प्रकाशित हुने ‘डेली मेल’ समाचारपत्रमा एउटा लेख लेख्दै उनले गत बिहिबार भएको स्थानीय चुनावमा ब्रिटिश मतदाताहरुले दिएको सन्देश बुझ्न पनि आग्रह गरेकी छन् ।
स्थानीय निर्वाचनमा सत्तारुढ कन्जरभेटिभ पार्टीले १३३४ काउन्सिलर पद गुमाएको छ भने लेबर पार्टीले ८२ स्थान गुमाएको छ ।
तेश्रो ठूलो दल लिबरल डेमोक्रयाटले ७०३ स्थान थप गरेको छ । त्यस्तै ग्रीन र स्वतन्त्र उम्मेदवारहरुले पनि स्थान बढाएका छन् ।
प्रधानमन्त्रीले ब्रेक्जिटबारे समयमै निर्णय लिन नसकेकाले चुनावमा त्यस्तो नतिजा आएको बताइन् ।
उता प्रधानमन्त्री मे भन्सार तथा श्रमिकहरुको हित लगायतका विषयमा सम्झौता गर्न तयार रहेको बताइएको छ तर यसको पुष्टि भइसकेको छैन् ।
सन् २०१६ जुनमा बेलायती जनताले इयूबाट अलग्गिने पक्षमा बढि मत दिएयता शुरु भएको ब्रेक्जिट प्रक्रिया लम्बिइरहेको छ । ५२४ दिन लामो छलफलपछि गत २५ नोभेम्बरमा ब्रसेल्समा आयोजित ईयू समिटमा प्रधानमन्त्री मेले प्रस्तुत गरेको ५८५ पृष्ठ लामो ब्रेक्जिट प्रस्ताव ईयूका २७ राष्ट्र प्रमुखले स्वीकारेका थिए । पछि २६ पेजको राजनीतिक घोषणामा सैद्धान्तिक सहमतिसमेत बनेको थियो ।
५८५ पृष्ठ लामो दस्तावेजमा ब्रिटेनले ईयू छोड्दा डिभोर्स डिल अन्तर्गत ३९ अर्ब पाउण्ड तिर्नुपर्ने, ईयू र यूके नागरिकका हक अधिकार सुनिश्चितता गर्नुपर्ने र भविष्यमा व्यापार सम्बन्धी वार्ता रोकिएपनि उत्तरी आयरल्याण्ड र आयरल्याण्डबीचको सीमा नरोकिने जस्ता कुरा उल्लेख छ । अहिले बेलायतमा ३० लाख ईयू देशका नागरिक र युरोपेली मुलुकमा करिब १० लाख बेलायती रहेको विश्वास छ ।
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे