लन्डन । बेलायती प्रधानमन्त्री टेरेजा मेले विपक्षी लेबर पार्टीका नेता जेरेमी कोर्बिनलाई आफ्ना मतभिन्नताहरु पन्छाउंदै बेलायत युरोपेली संघबाट बाहिरिने सम्झौता (ब्रेक्जिट) मा सहमति जनाउन आग्रह गरेकी छिन् ।
प्रधानमन्त्री मेले ब्रेक्जिट सम्झौता संसदबाट पारित गराउन विपक्षी दलको सहयोग खोजिरहंदा पुनः अपिल आएको हो । लेबर तथा कन्जरभेटिभ दलहरुबीच वार्ता पनि जारी छ ।
बेलायतले गत मार्च २९ मा ईयू छाड्नु पर्ने थियो तर सांसदहरुले प्रधानमन्त्रीले संसदमा प्रस्तुत गरेको सम्झौता तीनपटक अस्वीकार गरिदिएपछि अब ३१ अक्टोबर भित्र ईयू छाड्ने गरि नयां मिति तोकिएको छ ।
लन्डनबाट प्रकाशित हुने ‘डेली मेल’ समाचारपत्रमा एउटा लेख लेख्दै उनले गत बिहिबार भएको स्थानीय चुनावमा ब्रिटिश मतदाताहरुले दिएको सन्देश बुझ्न पनि आग्रह गरेकी छन् ।
स्थानीय निर्वाचनमा सत्तारुढ कन्जरभेटिभ पार्टीले १३३४ काउन्सिलर पद गुमाएको छ भने लेबर पार्टीले ८२ स्थान गुमाएको छ ।
तेश्रो ठूलो दल लिबरल डेमोक्रयाटले ७०३ स्थान थप गरेको छ । त्यस्तै ग्रीन र स्वतन्त्र उम्मेदवारहरुले पनि स्थान बढाएका छन् ।
प्रधानमन्त्रीले ब्रेक्जिटबारे समयमै निर्णय लिन नसकेकाले चुनावमा त्यस्तो नतिजा आएको बताइन् ।
उता प्रधानमन्त्री मे भन्सार तथा श्रमिकहरुको हित लगायतका विषयमा सम्झौता गर्न तयार रहेको बताइएको छ तर यसको पुष्टि भइसकेको छैन् ।
सन् २०१६ जुनमा बेलायती जनताले इयूबाट अलग्गिने पक्षमा बढि मत दिएयता शुरु भएको ब्रेक्जिट प्रक्रिया लम्बिइरहेको छ । ५२४ दिन लामो छलफलपछि गत २५ नोभेम्बरमा ब्रसेल्समा आयोजित ईयू समिटमा प्रधानमन्त्री मेले प्रस्तुत गरेको ५८५ पृष्ठ लामो ब्रेक्जिट प्रस्ताव ईयूका २७ राष्ट्र प्रमुखले स्वीकारेका थिए । पछि २६ पेजको राजनीतिक घोषणामा सैद्धान्तिक सहमतिसमेत बनेको थियो ।
५८५ पृष्ठ लामो दस्तावेजमा ब्रिटेनले ईयू छोड्दा डिभोर्स डिल अन्तर्गत ३९ अर्ब पाउण्ड तिर्नुपर्ने, ईयू र यूके नागरिकका हक अधिकार सुनिश्चितता गर्नुपर्ने र भविष्यमा व्यापार सम्बन्धी वार्ता रोकिएपनि उत्तरी आयरल्याण्ड र आयरल्याण्डबीचको सीमा नरोकिने जस्ता कुरा उल्लेख छ । अहिले बेलायतमा ३० लाख ईयू देशका नागरिक र युरोपेली मुलुकमा करिब १० लाख बेलायती रहेको विश्वास छ ।
नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य
नेपालमा प्रतिकूल मौसमले आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई उडान प्रभावित
महिला फुटबल नेपालसँग भारत पराजित
प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप
बेलायतमा तमु समाज यूकेले यस वर्ष पनि खेल्यो देउसी-भैलो