लण्डन । ग्रीनवीच भलिबल परिवारद्वारा आयोजित पहिलो ‘ग्रीनविच परिवार भलिबल प्रतियोगिता’ कप आयोजक ‘ए’ टिमले जितेको छ । ग्रीनबीचको आर्टिलरी ब्यारेकमा आयोजना भएको खेलमा आयोजकको तीनसहित १४ टिम सहभागी थिए । प्रतियोगितामा रेडिङ भलिबल ‘ए’ र ‘बी’, स्वीन्डन भलिबल टिम, अल्डरसट भलिबल टिम ‘ए’ र ‘बी’, मोना ‘ए’ र ‘बी’, आयोजक ग्रीनवीच भलिबल टिम ‘ए’ ‘बी’ र ‘सी’, आसफोर्ड भलिबल टिम, जमघट भलिबल टिम, स्याङ्जा भलिबल टिम र क्यूओजीएलआर गरी जम्मा १४ टिम सहभागी थिए ।
लिग कम नकआउटको आधारमा खेलाइएको खेलमा रेडिङ ‘ए’, ग्रीनवीच ‘ए’, मोना ‘ए’ र क्यूओजीएरआर सेमी फाइनलमा प्रवेश गरेका थिए । प्रतिष्पर्धामक र रोमान्चक खेलमा रेडिङ ‘ए’ क्यूओजीएलआरलाई हराउंदै फाइनलमा प्रवेश गरेको थियो भने आयोजक ग्रीनवीच ‘ए’ मोना ‘ए’ लाई हराइ फाइनलमा पुगेको थियो ।
फाइनल खेलमा आयोजक ग्रीनवीच ‘ए’ ले सजिलो सेटमा रेडिङ माथि विजय गरी जित सुरक्षित गरयो ।
चिसो मौसम बाबजुद ग्रीनवीच परिवारका चेलीबेटीहरुले सबै खेलाडी र खेलप्रेमी दर्शकहरुलाई निशुल्क चिया पानी वितरण गरेका थिए । बिहान १० बाट सुरु भएको खेल बेलुकी ८ बजे औपचारिक कार्यक्रमबीच समापन भएको थियो । परिवारका विनोद ज्ञवालीले सञ्चालन गरेको कार्यक्रममा पहिलो र दोश्रो हुने टिमलाई कार्यक्रम संयोजक रबिन्द्र रोका, परिवारका सदस्य कमल राना, खड्क रेस्मी, राज कटवाल, परिवारका दिदीबहिनीहरुबाट मेडल, ट्रफी र नगद पुरस्कार हस्तान्तरण गरिएको थियो ।
विजयी टिमले नगद पुरस्कार १२५० र दोश्रो टिमले ८०० पाउण्ड पाए ।
प्रतियोगितामा सेमिफाइनलतर्फ मोना ‘ए’ का रबिन पुन ‘मेन अफ द म्याच’ भए भने फाइनल खेलमा रेडिङ ‘ए’ का कुशल पुन ‘म्यान अफ द म्याच’ भए । खेलमा वेष्ट लिफ्टर, बेस्ट स्पाइकर र बेस्ट प्लेयर ग्रीनवीचका क्रमशः रोशन गुरुङ्, रबिन गुरुङ र चन्द्र पुन भए । उनीहरुलाई जमघटका अध्यक्ष ब्रुस कुमारले ट्रफी हस्तान्तरण गरेका थिए ।
अन्तमा कार्यक्रम संयोजक रबिन्द्र रोकाले सबै उपस्थित टिम, क्लब र समाजका सदस्य, दर्शकहरुलाई कार्यक्रम भब्य र सभ्य बनाइ दिएकामा धन्यवाद दिए । उनले कार्यक्रम सहज तरिकाले सञ्चालन गरेकामा नेपालको राष्ट्रिय रेफ्री जीवन गुरुङ र विनोद चन्दलाई विशेष धन्यवाद दिए भने खेल मैदान बुक गरी दिने दलप्रसाद थापाप्रति पनि विशेष आभार व्यक्त गर्दै आर्थिक, नैतिक र भौतिक सहयोग गर्ने परिवारका सदस्य एवं प्रायोजकहरुलाई कृतज्ञता ज्ञापन गरेका थिए ।
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे