लण्डन- नेपाली चलचित्र ‘हेल्लो जिन्दगी’ को छायांकन युकेमा सकिएको छ।
एभरेस्ट सूर्य बोहराले निर्देशन गरेको र हिराल जोशी प्रोड्युसर रहेको उक्त चलचित्र महारानी इन्टरटेनमेन्ट युके तथा विरंजना प्रोडक्सन नेपालको संयुक्त ब्यानरमा निर्माण भैरहेको छ।
उक्त चलचित्रमा बिक्रम जोशी (बेक्की जोशी), दीपिका प्रसाई, श्वेता खड्का, विक्रान्त बस्नेत तथा विल्सन बिक्रम राई प्रमुख कलाकार रहेका छन्।
उक्त चलचित्रको छायांकन सेन्ट्रल लन्डन, वेल्स, एसेक्स तथा ससेक्समा गरिएको थियो। चलचित्रको छायांकन नेपालका वरिष्ठ सिनेम्याटोग्राफर पुरुषोत्तम प्रधानले गरेका थिए। चलचित्र सन् २०१९ भित्रै रिलिज हुने बताइएको छ।
यसअघि बिक्रम जोशीले लन्डन तथा नेपालमा छायांकन गरिएको नेपाली चलचित्र पासवर्ड तथा ह्याप्पी डेजमा पनि प्रमुख भूमिका खेलेका थिए।
चर्चित बलिवुड कलाकार सनी लियोनले नेपाली चलचित्र पासवर्डको एउटा गीतमा नृत्य गरेकी थिइन्। त्यस्तै चर्चित भारतीय कोरियोग्राफर विष्णु देवाले मुम्बइबाट सनी लियोनीसंगै आएर नृत्य निर्देशन गरेका थिए।
काठमाडौँका सीडीओ छवि रिजाल पक्राउ
युद्धको असर सामना गर्न बेलायतसहितका देश सम्मिलित जी७ सक्रिय
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको अध्यक्षमा शोभा सुनुवार
बेलायत निवासी शुभ नेम्बाङ र काजी साम्युद्वारा पाँचथरको सत्यहाङमा माविमा ५ लाखको अक्षय कोष स्थापना
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण