लन्डन । पर्वत वेलफेयर सोसाइटी यूकेले नेपाली नयां वर्ष २०७६ एक विशेष कार्यक्रम गरी मनाएको छ ।
शनिबार सांझ अल्डरसटको एम्पायर हलमा चर्चित लोकदोहोरी गायक कुलेन्द्र विश्वकर्मा लगायतका विभिन्न कलाकारका विविध सांस्कृतिक कार्यक्रमसहित सोसाइटीले नयां वर्ष मनाएको हो ।
बहुचर्चित लोकदोहोरी ‘सालको पात टपरी’ गायक कुलेन्द्र बिक कार्यक्रमका प्रमुख आकर्षण थिए । आफ्ना लोकप्रिय आधा दर्जन गीतहरु सुनाएका उनले दर्शकको ‘वोन्स मोर’ हुटिङ्ग पछि ‘सालको पात’ दोहोर्याएर गाए । प्रमुख अतिथी राजदूत डा. दुर्गाबहादुर सुवेदी समेत उक्त गीतमा मज्जाले नाचे ।
सोसाइटीकै निमन्त्रणामा बेलायत आएका यी पर्वतेली गायक उपस्थित सम्पूर्ण अतिथि र दर्शक नचाउन सफल रहे । कलाकार मदन परियार र सुनितामी परियारले पनि रमाइलो दोहोरी प्रस्तुत गरे ।

त्यसअघि कार्यक्रममा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले बेलायतको नेपाली समुदायमा पर्वतेलीहरुले नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको बताए । विदेशमा बस्ने नेपालीहरुले आफू बसेको ठाउंमा नेपाली भाषा, संस्कृतिको जगेर्ना गर्नुपर्ने धारणा राख्दै उनले विदेशमा कमाएको सीप, ज्ञान र अनुभव नेपालको लागि खर्चिन आग्रह पनि गरे ।
एनआरएन केन्द्रीय उपाध्यक्ष कुल आचार्यले सोसाइटीले सामाजिक क्षेत्रमा गरेका विभिन्न कार्यहरुको लागि प्रशंसा गरे । एनआरएनए यूकेका अध्यक्ष योगकुमार फगामीले सम्पूर्ण गैर आवासीय नेपालीहरु नेपाल र नेपालीको हितमा काम गर्न सदैव इच्छुक रहेको जनाउंदै त्यसका लागि नेपाल सरकारले उचित वातावरण निर्माण गरिदिने विश्वास व्यक्त गरे ।
परराष्ट्र मन्त्रीका प्रेस सल्लाहकार सुदन ज्ञवालीले देश स्थायित्य र आर्थिक समृद्धिको बाटोमा अघि बढेको उल्लेख गर्दै विदेशमा आर्जन गरेको ज्ञान, सीप र अनुभव मातृभूमिका लागि उपयोग गर्नुपर्ने बेला आएको बताए । निवर्तमान अध्यक्ष दधि आचार्यले अन्तर्राष्ट्रिय पर्वत समाजले बाढी पीडितका लागि निर्माण गरेका घरहरुको प्रोजेक्टमा सहयोग गर्न आव्हान गरे ।

सल्लाहकार एवं अन्तर्राष्टिय पर्वत समाजका अध्यक्ष पुरन गिरीले आफ्नो नेतृत्वमा भइरहेका विभिन्न कार्यहरुबारे जानकारी गराए । संस्थापक अध्यक्ष हितकाजी गुरुङले विदेशमा बस्ने नेपालीहरुमा पनि आफ्नो जन्मभूमिका लागि सक्दो सहयोग गर्ने भावना आफूहरुमा रहेको बताए ।
कार्यक्रमका सभापति एवं सोसाइटीका अध्यक्ष नेत्र आले मगरले कार्यक्रमका सम्पूर्ण सहभागी तथा सहयोगीप्रति आभार प्रकट गरे । महासचिव भरत पौडेलले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष एक पुनले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
कोषाध्यक्ष सुरज पौडेलले कार्यक्रमका लागि सहयोग गर्ने दाताहरुको नाम पढेर सुनाएका थिए भने सचिव प्रकाश न्यौपानेले ‘हेल्थ एण्ड सेफ्टी’ ब्रीफ गरेका थिए ।
तस्विरहरु- शिव भण्डारी
अमेरिकी सरकार सटडाउनतर्फ
लिम्बुवान नागरिक समाज यूकेको अध्यक्षमा विजय लुम्फुङवा सर्वसम्मत चयन
अमेरिकामा बस्ने नेपालीहरुले सहयोग गरे नेपाल पुनःनिर्माण कोषमा ९ लाख
बेलायती प्रधानमन्त्री र चिनियाँ राष्ट्रपतिबीच भेटवार्ता, दुई देशबीचको सम्बन्ध सुदृढ गर्ने सहमति
स्कटल्यान्डलाई सुपरसिक्सको पहिलो जित
गोरखा सैनिकहरुले बनाए साझा अजेण्डा
आइसिसी महिला टि– २० विश्वकपको ग्लोबल छनोट : नेपालद्वारा जिम्बाब्वे पराजित
ब्रिटेन नेपाल चेम्बर अफ कमर्समा नयाँ नेतृत्व चयन
राष्ट्रियसभा सदस्य निर्वाचन : को को भए निर्वाचित ?
बेलायतलगायत देश र ठूला अन्तर्राष्ट्रिय कम्पनी सम्मिलित लिफ कोलियसन सम्झौतामा नेपालले गर्यो हस्ताक्षर