लण्डन । नेपाली सांस्कृतिक समाज युकेले २२ अप्रिल साँझ लाइभ कन्सर्ट गरेको छ । लिभरपुल आइरिस कम्युनिटी सेन्टरमा कन्सर्ट भएको हो ।
उक्त कार्यक्रममा समाजको आमन्त्रणामा नेपालदेखि आएका ख्यातिप्राप्त कलाकारद्वय हिमाल सागर र आशिष सचिनको बेजोड प्रस्तुति रह्यो । कन्सर्टमा दर्शकहरु धित मरुन्जेल नाचे ।
समाजका संस्थापक अध्यक्ष गोपाल अधिकारीले विशुद्ध नेपाली कला र संस्कृतिलाई बेलायती समाजमा प्रवर्धन गर्ने उद्देश्यका साथ नेपाली नयाँ वर्ष २०७६ का दिन ‘नेपाली सांस्कृतिक समाज युके’ स्थापना गरिएको जनाए ।
उनले समाजले अब देखि स्थानीय स्तरमा नेपाली सिने कलाकारसम्मको उत्पादन गर्ने र समाजले निकट भबिष्यमा नै लिभरपुलमा नेपाली परम्परागत पञ्चे बाजा पनि प्रवर्धन गर्ने जनाए ।
अधिकारीले समाजको बेलायती समाजसँग पनि विशेष सम्बन्ध रहेको बताउँदै समाजको कार्यकारिणी समिति गठन भएको समेत बताए ।
कार्यक्रम संचालिका श्रीमती कृष्णा गुरुङले समाज विदेशमा रहेका नेपाली र तिनका सन्ततिहरुका लागि मार्गदर्शक बन्ने बताइन् ।
अन्तमा उपाध्यक्ष नेत्र खरेलले यथाशीघ्र समाज आफ्नो अभियानतिर अग्रसर हुने प्रतिवद्धता ब्यक्त गर्दै सबै नेपालीहरुलाई एकजुट भई नेपाली कला संस्कृतिको जगेर्ना तथा प्रवर्धन गर्न आव्हान गरे ।
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त