लण्डन । मगर संघ युके युएचएसबी शाखाले ट्रष्टी र सल्लाहकार चयन गरेको छ । शाखाकी अध्यक्ष श्रीमती हेमा रानाको अध्यक्षता र सचिव बीर बलालको सन्चालनमा भएको सो बैठकले शाखाको रिक्त सदस्य पदहरुमा पार्वती थापा काउचा, जमुना राना र सुनिता भुजेललाई चयन गरेको हो ।
त्यस्तै ट्रष्टीमा हेमा राना, बीर बलाल, गणेश बुढाथोकी, मेजर रि कुलबहादुर थापा, क्या रि ताम ढेँगा र ओमप्रसाद थापालाई चयन गरिएको छ । सल्लाहकारहरुमा लेख राना, क्या रि बीरबहादुर थापा, टेक थापा, नरेश थापा, बेल बुढाथोकी, हीरा पुन र श्रीमती पदम थापा चयन भएका छन् ।
बैठकमा हालै मगर संघ युकेको केन्द्रीय अध्यक्ष पदमा चयन भएकामा सुनिल राना र उनकी धर्मपत्नी मगर लेडिज कमिटीकी संस्थापक संयोजक गोमा राना एवं मगर संघ युकेकी नवनिर्वाचित उपाध्यक्ष छविमाया पुनलाई खादा र पुष्पगुच्छाले शुभकामना दिइयो ।
यस्तै शाखाको मगर महिला कमिटीकी अध्यक्ष भीमा ढेँगाको अध्यक्षतामा बसेको बैठकले सल्लाहकारहरूमा नरमती पुन, छबिमाया पुन, गोमा राना, पदम थापा, जमुना गर्बुजा, मीना राना, शान्ति थापा, सीता थापा, हरिकला थापा र हेमा राना चयन भएका छन् । साथै बैठकले नयाँयुवाहरूसित कसरी प्रभावकारी सहकार्य हुन सक्छ भन्दै युवाहरूको सुझाव संकलन गरेको थियो ।
बेलायतमा हरेक वर्ष हुने नेपाली ओपन कन्सर्ट यही आउँदो जुन १ मा हुन गइरहेकोमा त्यसलाई भव्यरुपमा सफल पार्न शाखाले के कसरी सहयोग पुरयाउन सकिन्छ भन्ने बारेमा वृहत छलफल गरेको थियो । सोही कार्यक्रमका निम्ति पहिलो दिनमै घ्द्द,छण्घ संकलन गरिएको थियो । कोषाध्यक्ष गणेश बुढाथोकीले हरहिसाव प्रस्तुत गर्दै सबैलाई संस्थाको सदस्य बन्न र आउँदो नेपाली ओपन कन्सर्ट भब्य सफल बनाउन आव्हान गरेका थिए ।
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे