लन्डन । एनआरएनए यूकेकी उपाध्यक्ष एवं महिला सामाजिक अभियन्ता पुनम गुरुङले एनआरएनए यूकेको अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । संघको सोमबार नोटिङहाममा सम्पन्न बैठकले निर्वाचन मिति तोकेसंगै पुनमले उम्मेदवारी दिने घोषणा गरेकी हुन् । एनआरएनए यूकेको अधिवेशन सेप्टेम्बर १४-१५ तारिख तय भएको छ ।
‘एनआरएनए यूकेमा उपाध्यक्ष भएपछि मैले धेरै कुरा सिक्न र बुझ्न पाएं । आफ्नो अनुभवसंगै स्रोत साधन तथा अग्रज अभियन्ताहरुको सुझाव सल्लाहमा म अध्यक्ष लड्ने निष्कर्षमा पुगेकी हुं’- उनले भनिन् ।
उनले आफ्ना एजेण्डासहित थप कार्यक्रम छिट्टै सार्वजनिक गर्ने बताएकी छन् । ‘मेरो उम्मेदवारी महिला वा जनजाती भएकै आधारमा नभइ संघलाई हाँक्न सक्ने आत्मविश्वासले आएको हो’-उनी भन्छिन् ।
‘अग्रजहरुको सल्लाहमा सबैलाई समेट्ने गरी अगाडि बढ्ने मेरो सोच छ’, उनले भनिन् ‘महिला हक हित, वेलफेयर, लगानी, नागरिकतासहित संघले अगाडि बढाइरहेका हरेक मुद्दामा मेरो क्रियासिलता रहने छ ।’
डेढ दशक बढि समयदेखि बेलायत बस्दै आएकी पुनम यहाँ हुने हरेक जसो सामाजिक गतिबिधिमा सक्रिय छन् । उनी विभिन्न सामाजिक संघसंस्था र व्यवसायमा समेत संलग्न छन् ।
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे