लण्डन । ब्रिटेन नेपाल प्रज्ञा परिषद्को आयोजनामा स्कटल्याण्डको एडिनवरामा १७ औँ नेपाल अध्ययन दिवस सम्पन्न भएको छ ।
अप्रिल १५ र १६ गरि दुईदिन चलेको अध्ययन दिवसको स्थानीय संयोजन रोयल बोटानिकल गार्डेन र एडिनवरा विश्वविद्यालयले संयुक्त रुपमा गरेका थिए । पहिलो दिन रोयल बोटानिकल गार्डेनमा कार्यक्रम भएको थियो भने दोस्रो दिन विश्वविद्यालयमा । सहभागीहरुलाई रोयल बोटानिकल गार्डेनको नेपाल खण्डको भ्रमण पनि गराइएको थियो ।
परिषद्का अध्यक्ष डा. कृष्ण अधिकारीका अनुसार सो अवसरमा विभिन्न ८ विधामा ३२ वटा कार्यपत्र प्रस्तुत गरिएका थिए । प्रस्तुत कार्यपत्रहरुलाई कला र सँस्कृति, मानसिक स्वास्थ्य, राजनीति, विकास, लिंग र सामाजिक परिवर्तन शीर्षकमा विभाजन गरी छलफल चलाइएको थियो ।
अध्ययन दिवसमा नेपाल, स्पेन, नर्वे र डेनमार्कबाट समेत गरी ६५ जना अध्येताहरु सहभागी थिए ।
सो अवसरमा साइमलन फ्रेजर विश्वविद्यालयकी प्रख्यात मानवशास्त्री प्रोफेसर स्टेसी लि पिगले ‘न्यारेटिङ डेभलपमेण्ट’ शीर्षकमा प्रवचन दिएकी थिइन् ।
अध्ययन दिवसकै सन्दर्भ पारेर परिषद्ले बीएनएसी डिजटेसन प्राइज डा. सामुयल पोलेटीलाई प्रदान गरेको छ । सो पुरस्कारको राशी २५० पाउण्ड छ । यस्तै परिषद्ले आगामी चार वर्षका लागि प्राध्यापक पदम सिंखडा, सारा पार्कर, सपना विष्ट, डा. स्टेफेनी लोटरलाई परिषद्को कार्यसमितिमा चयन गरेको छ भने फेइजी स्मेली, जीवनराज शर्मा र कुमुद रानालाई कार्यसमितिमा मनोनित गरिएको छ ।
यस्तै, सोही अवसरमा बेलायती सरकारी एजेन्सी डिपार्टमेण्ट फर इन्टरन्याश्नल डेभलपभेण्ड (डिफिड) का अधिकारीहरुसित परिषद्का पदाधिकारीहरुको ‘कन्फ्रेन्स कल’ मार्फत छलफल समेत गरिएको थियो ।
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
काठमाडौँका सीडीओ छवि रिजाल पक्राउ
युद्धको असर सामना गर्न बेलायतसहितका देश सम्मिलित जी७ सक्रिय
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको अध्यक्षमा शोभा सुनुवार
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण