लन्डन । विगत १३ वर्षदेखि मनी एक्सचेन्जको कारोवार गर्दै आएको सिटी एक्सप्रेस मनी ट्रान्सफरले रेडिङ्ग शहरमा आफ्नो कार्यालय स्थापना गरेको छ । गत आइतबार, २१ अप्रिलका दिन बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले रिबन काटी सो कार्यालय उद्घाटन गरेका हुन् । विदेशमा कमाएको धन सुरक्षित र सरल तरिकाले नेपाल पुरयाउने उद्देश्यका साथ सो एक्सप्रेसले बेलायतमा आफ्नो कार्यालय स्थापना गरेको हो ।
कार्यक्रममा नेपाली राजदूत डा. सुवेदीले प्रमुख अतिथिको आसनबाट बोल्दै, ‘सिटी एक्सप्रेसले रेडिङ्गका नेपालीहरुलाई मात्र होइन बेलायतका समग्र नेपालीहरुमाझ आफूले कमाएको पैसाको केही अंश नेपाल पठाउन शुरु गरेको वैधानिक बाटो आफैंमा महत्वपूर्ण कुरा हो’ भन्दै उनले आफूले नेपाली राजदूतको हैसियतले ‘दुई देशबीचको सम्बन्ध अभिवृद्धि गर्नुका साथसाथै नेपालको आर्थिक र सामजिक क्षेत्रमा कसरी योगदान गर्न सकिन्छ भन्ने विषय पनि आफ्नो प्राथमिकता भित्रको कुरा भएको बताए । साथै, उनले अवैधानिक रुपले यहाँबाट नेपाल र नेपालबाट यहाँ पैसा पठाउँदा ठगीको घटनाहरु धेरै सुन्नमा आएको बताउँदै दूतावासले जहिले पनि वैधानिक बाटोलाई समर्थन गर्ने बताए ।
सो अवसरमा सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टन्डनले ‘जहाँ नेपालीहरु छन् त्यहाँ सिटी एक्सप्रेस पुग्ने गरेको छ’ भन्दै प्रमुख अतिथि डा. सुवेदी लगायत संघसंस्थाका प्रतिनिधि र सिटी एक्सप्रेस युके टिमलाई धन्यवाद दिए । उनले आफूहरुले वैधानिक रुपमा सरल र सहज तरिकाले नेपाल पैसा पठाइरहेको बताउँदै कुल रेमिट्यान्सको २० प्रतिशत सिटी एक्सप्रेसमार्फत नेपालमा पैसा भित्रिने गरेको पनि जनाए । त्यस्तै, सिटी एक्सप्रेस जापानका प्रवन्ध निर्देशक महेश श्रेष्ठले हुन्डीमार्फत नेपाल पैसा पठाउदा देशको अर्थतन्त्रमा पुग्ने असरबारे बोल्दै आफूहरुले केही वर्षअघि जापानमा सिटी एक्सप्रेस स्थापना गरी वैधानिक र सहज रुपमा नेपालमा पैसा पठाउन थालिएको जनाए ।
रेडिङ नेपाली समाजका अध्यक्ष टेकबहादुर गुरुङले वैधानिक रुपमा पैसा नेपाल पठाउन शुरु गरेकोमा सिटी एक्सप्रेस मनी ट्रान्सफरलाई धन्यवाद दिए । त्यस्तै, एनआरएनए युकेका अध्यक्ष योगकुमार फगामीले ‘जहाँ नेपाली त्यहाँ सिटी एक्सप्रेस’ नारासहित वैधानिक रुपमा सामुदायमा सेवा राष्ट्रलाई टेवा दिने उद्देश्यका साथ सेवा आरम्भ गरेकोमा सिटी एक्सप्रेस टिमलाई वधाई दिए ।
कार्यक्रममा सिटी एक्सप्रेस मनी ट्रान्सफर युकेका प्रवन्ध निर्देशक करम गुरुङले प्रमुख अतिथि नेपाली राजदूत डा. सुवेदी लगायत सबै अतिथिहरुलाई उपस्थितिका लागि धन्यवाद दिए । उनले लामो समयको अभ्यास पछि युकेबाट वैधानिक रुपमा नेपाल पैसा पठाउने माध्यमको रुपमा सिटी एक्सप्रेस स्थापना गर्न सफल भएको बताए । उनले वैधानिक रुपमा सरल र सुलभ तवरले नेपाल पैसा भित्रिंदा नेपालको विकासमा धेरै थोरै राजश्व संकलन हुने विश्वास व्यक्त गरे ।
सिटी एक्सप्रेसको बेलायतमा कार्यालय स्थापना गर्न नेपालबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रवन्ध निर्देशक चन्द्र टण्डन, उपाध्यक्ष डोलराज शर्मा र सिटी एक्सप्रेस जापानका प्रवन्ध निर्देशक महेश श्रेष्ठ लण्डन आएका थिए । सो सिटी एक्सप्रेस बेलायतको टिममा कृष्ण गुरुङ र प्रसाद तामाङ्ग समेत छन् । सिटी एक्सप्रेस मनी ट्रान्सफर रेडिङ्गमा आफैं गई वा सम्पर्क गरी वा वेवसाइट तथा मोबाइल एप्समार्फत रकम नेपाल पठाउन सकिने छ । उक्त पठाइएको रकम नेपालका विभिन्न बैंक, सहकारी संस्था र करिब ७००० स्थानबाट सोही दिन पैसा लिन सकिने सिटी एक्सप्रेस युकेका प्रवन्ध निर्देशक करम गुरुङले जानकारी दिए ।
रेडिङ सहरको भिक्टोरिया स्ट्रिटमा स्थापना गरिएको उक्त उद्घाटन कार्यक्रम स्नेहा गुरुङले सञ्चालन गरेकी थिइन् । सो अवसरमा विभिन्न मिडियामा आवद्ध पत्रकारहरु समेत सहभागी थिए ।
अमेरिकी सरकार सटडाउनतर्फ
लिम्बुवान नागरिक समाज यूकेको अध्यक्षमा विजय लुम्फुङवा सर्वसम्मत चयन
अमेरिकामा बस्ने नेपालीहरुले सहयोग गरे नेपाल पुनःनिर्माण कोषमा ९ लाख
बेलायती प्रधानमन्त्री र चिनियाँ राष्ट्रपतिबीच भेटवार्ता, दुई देशबीचको सम्बन्ध सुदृढ गर्ने सहमति
स्कटल्यान्डलाई सुपरसिक्सको पहिलो जित
गोरखा सैनिकहरुले बनाए साझा अजेण्डा
आइसिसी महिला टि– २० विश्वकपको ग्लोबल छनोट : नेपालद्वारा जिम्बाब्वे पराजित
ब्रिटेन नेपाल चेम्बर अफ कमर्समा नयाँ नेतृत्व चयन
राष्ट्रियसभा सदस्य निर्वाचन : को को भए निर्वाचित ?
बेलायतलगायत देश र ठूला अन्तर्राष्ट्रिय कम्पनी सम्मिलित लिफ कोलियसन सम्झौतामा नेपालले गर्यो हस्ताक्षर