काठमाडौं । अहिलेकी चर्चित मोडेल एवं नृत्याङगना एलिसा राई र चर्चित प्रयांकर एलिस राई अभिनित नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
गायिका शर्मिला राईको स्वरमा रहेको ‘ठुम्का’ मा चर्चित युवा गीतकार डिपी खनालको शब्द र शंकर थापा ‘स्माइल’को संगीत छ भने उदयराज पौडेलको संगीत संयोजन रहेको छ ।
‘ठुम्का’ को अभिनयमा एलिसा राई र चर्चित प्रयांकर एलिस राईलाई आकाश राई र आनन्द गुरुङ लगायत कलाकारले साथ दिएका छन् ।
धेरै समयपछि पुन: भिडियो निर्देशनमा फर्किएका गायक विजय रुम्बाले निर्देशन गरेको म्यूजिक भिडियोमा ज्ञानेन्द्र शर्माको सिनेमाटोग्राफी र बिकाश ज्ञवालीको सम्पादन छ ।
गीतको मर्मअनुसारनै भिडियो उतारिएको निर्देशक रुम्बाले जानकारी दिए । भिडियोलाई डश म्यूजिक नेपालको आधिकारिक यूट्युब च्यानलमार्फत सोमबार सार्वजनिक गरिएको छ ।
भिडियो-
https://www.youtube.com/watch?v=rWcReniPv_g&feature=youtu.be
विदेशबाट मतदान अधिकारबारे तयार पारिएको प्रतिवेदन सार्वजनिक
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान