लन्डन । लन्डनमा पर्यटन प्रवर्धन समितिले पूर्णता पाएको साता दिन नपुग्दै नेपाली दूतावासले माल्टामा पनि एक समिति गठन गरेको छ ।
माल्टा एवं बेलायतका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदीको अध्यक्षतामा ‘नेपाल भ्रमण वर्ष २०२० पर्यटन प्रवर्धन समिति माल्टा’ गठन गरिएको हो । नेपालको पर्यटन प्रवर्धन गर्न र ‘नेपाल भ्रमण वर्ष २०२०’ सफल पार्न गत १५ अप्रिलका दिन उक्त समिति गठन गरिएको दूतावासले मंगलबार जनाएको छ ।
उक्त समितिमा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति, माल्टाको सम्पूर्ण कार्यसमिति पदेन सदस्य रहने व्यवस्था छ ।
गोविन्द खरेल संयोजक रहेको समितिमा प्रकाश भण्डारी, शर्मिला बस्नेत, राजेन्द्र भण्डारी, रहरमान तामाङ, लक्ष्मण रोका, उषा घिमिरे, नरेश चौधरी, नहकुल गौतम, विकास गौतम, विन्देश्वरी सुवेदी र बेदुराम भण्डारी सदस्य छन् ।
‘नेपाल भ्रमण वर्ष २०२० पर्यटन प्रवर्धन माल्टा समिति’ को सदस्य सचिवमा लन्डनस्थित नेपाली दूतावासका उपनियोग प्रमुख शरदराज आरण रहेका छन् । उपनियोग प्रमुख आरण र दूतावासका सैनिक सहचारी कुमारबाबु थापाको माल्टा भ्रमणका अवसरमा उक्त समिति गठन गरिएको हो ।
समिति गठन कार्यक्रममा गैरआवासीय नेपाली संघका केन्द्रिय सह-कोषाध्यक्ष सोम सापकोटाको पनि उपस्थिति थियो ।
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे