लन्डन । लन्डनमा पर्यटन प्रवर्धन समितिले पूर्णता पाएको साता दिन नपुग्दै नेपाली दूतावासले माल्टामा पनि एक समिति गठन गरेको छ ।
माल्टा एवं बेलायतका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदीको अध्यक्षतामा ‘नेपाल भ्रमण वर्ष २०२० पर्यटन प्रवर्धन समिति माल्टा’ गठन गरिएको हो । नेपालको पर्यटन प्रवर्धन गर्न र ‘नेपाल भ्रमण वर्ष २०२०’ सफल पार्न गत १५ अप्रिलका दिन उक्त समिति गठन गरिएको दूतावासले मंगलबार जनाएको छ ।
उक्त समितिमा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति, माल्टाको सम्पूर्ण कार्यसमिति पदेन सदस्य रहने व्यवस्था छ ।
गोविन्द खरेल संयोजक रहेको समितिमा प्रकाश भण्डारी, शर्मिला बस्नेत, राजेन्द्र भण्डारी, रहरमान तामाङ, लक्ष्मण रोका, उषा घिमिरे, नरेश चौधरी, नहकुल गौतम, विकास गौतम, विन्देश्वरी सुवेदी र बेदुराम भण्डारी सदस्य छन् ।
‘नेपाल भ्रमण वर्ष २०२० पर्यटन प्रवर्धन माल्टा समिति’ को सदस्य सचिवमा लन्डनस्थित नेपाली दूतावासका उपनियोग प्रमुख शरदराज आरण रहेका छन् । उपनियोग प्रमुख आरण र दूतावासका सैनिक सहचारी कुमारबाबु थापाको माल्टा भ्रमणका अवसरमा उक्त समिति गठन गरिएको हो ।
समिति गठन कार्यक्रममा गैरआवासीय नेपाली संघका केन्द्रिय सह-कोषाध्यक्ष सोम सापकोटाको पनि उपस्थिति थियो ।
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य