लन्डन । नेपाली भाषा तथा सांस्कृतिक केन्द्र, बर्न्टओकले नेपाली नयां वर्षकै दिन लन्डनमा शुभकामना आदानप्रदानसहित एक च्यारिटी कार्यक्रम गरेको छ । आइतबार सांझ लन्डन हयारोस्थित ब्लु रुम स्पोर्टस हलमा कार्यक्रम भएको हो । नेपालबाट आएका तीन राष्ट्रिय कलाकार र स्थानीय बालबालिकाको सांस्कृतिक प्रस्तुतिका साथ भएको उक्त च्यारिटी कार्यक्रममा करिब अढाइ सय सहभागी थिए ।
कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ सञ्चाकर्मी तथा साहित्यकार खगेन्द्र नेपालीले शुभकामना व्यक्त गर्दै बालबालिकालाई नेपाली कक्षा सञ्चालन गर्ने केन्द्रको पहलको प्रशंसा गरे । उनले मातृभाषाले नै स्वदेशसंग जोडिराख्ने उल्लेख गर्दै आफ्ना अडियो बुकहरू केन्द्रलाई निशुल्क हस्तान्तरण गरेका थिए ।
केन्द्रका महासचिव भोला पनेरुले सञ्चालन गरेको पहिलो चरणको औपचारिक कार्यक्रममा बर्न्टओक नेपाली समाजका अध्यक्ष उदय गुरुङले शुभकामना दिंदै नेपाली भाषा रहेमात्र नेपाली पहिचान रहने उल्लेख गरे ।
केन्द्रका अध्यक्ष सुमन प्रधानले नेपाली भाषा तथा सांस्कृतिक केन्द्रले गएको २ वर्ष भन्दा बढी समय देखि बालबालिकाहरुलाई नेपाली लेख्न, पढ्न र बोल्न सिकाउने उद्देश्यले नेपाली कक्षा संचालन गर्दै आएको जनाए । उनले हरेक शनिबार संचालन गरिने सो कक्षामा आधा घण्टा योग र ध्यान तथा आधा घण्टा नेपाली संगीत सिकाइने पनि बताए । उनले नेपालबाट कलाकार ल्याउन सहयोग गर्ने विकास देवकोटा, आवासमा सघाउने रघु दाहाल, साउन्ड सिस्टममा सघाउने हेम बिस्ट लगायत च्यारिटी डिनर आयोजना गर्न सघाउने सबैलाई धन्यवाद दिए ।
कार्यक्रममा नेपाली कक्षामा पढिरहेकी छात्रा स्वस्ति योगीले केन्द्रको पहलका कारण आफूले नेपाली सिकेको अनुभव सुनाइन् । उनले सबै अभिभावकहरुलाई आफ्ना छोराछोरीलाई नेपाली सिकाउन आग्रह पनि गरिन् ।
उक्त कार्यक्रममा नेपालबाट आएका कलाकारहरु भूमिका शाह, सहिमा श्रेष्ठ र प्रसन्ना पाण्डेले विभिन्न गीत प्रस्तुत गरी दर्शकलाई मनोरन्जन दिएका थिए । केन्द्रमा अध्ययनरत बालबालिकाले पनि विभिन्न नाचगान देखाए । ससाना बालबालिकाले राष्ट्रिय गान गाएपछि कार्यक्रम शुरु भएको थियो । कार्यक्रमको संचालन केन्द्रका महासचिव भोला पनेरुले गरेका थिए ।
कार्यक्रममा काउन्सिलर लक्ष गुरुङ, अम्मर नक्वी, बर्न्टओक आमा समूहका सदस्यहरु लगायत टाढा टाढाबाट सहभागीहरु आएका थिए ।
तस्विर- शिव भण्डारी
अमेरिकी सरकार सटडाउनतर्फ
लिम्बुवान नागरिक समाज यूकेको अध्यक्षमा विजय लुम्फुङवा सर्वसम्मत चयन
अमेरिकामा बस्ने नेपालीहरुले सहयोग गरे नेपाल पुनःनिर्माण कोषमा ९ लाख
बेलायती प्रधानमन्त्री र चिनियाँ राष्ट्रपतिबीच भेटवार्ता, दुई देशबीचको सम्बन्ध सुदृढ गर्ने सहमति
स्कटल्यान्डलाई सुपरसिक्सको पहिलो जित
गोरखा सैनिकहरुले बनाए साझा अजेण्डा
आइसिसी महिला टि– २० विश्वकपको ग्लोबल छनोट : नेपालद्वारा जिम्बाब्वे पराजित
ब्रिटेन नेपाल चेम्बर अफ कमर्समा नयाँ नेतृत्व चयन
राष्ट्रियसभा सदस्य निर्वाचन : को को भए निर्वाचित ?
बेलायतलगायत देश र ठूला अन्तर्राष्ट्रिय कम्पनी सम्मिलित लिफ कोलियसन सम्झौतामा नेपालले गर्यो हस्ताक्षर