लण्डन । नववर्ष २०७६ को पूर्व सन्ध्यामा लण्डनमा एक मुक्तक वाचन तथा मुक्तक लेखन कार्यशाला गोष्ठी सम्पन्न भएको छ । नेपाल मुक्तक प्रतिष्ठान बेलायतले गत शनिवार कार्यक्रम गरेको हो ।
उक्त कार्यक्रमको सभापतित्व प्रतिष्ठानका अध्यक्ष दुर्गाप्रसाद पोख्रेल र संचालन गीतकार नृपेश उप्रेतीले गरेका थिए । संस्थाकी उपाध्यक्ष प्रतिमा केसीले सबै उपस्थित मुक्तककारहरूको स्वागत गरेकी थिइन् । कार्यक्रम प्रस्तोता उप्रेतीले केन्द्रीय अध्यक्ष एवं महासचिवबाट प्राप्त शुभकामना मन्तव्य पढेर सुनाएका थिए ।
सो अवसरमा उपस्थित मुक्तककारहरूले आफ्ना चोटिला पोटिला मुक्तक सुनाए । मुक्तक वाचन गर्ने मुक्तककारहरूमा सुश्री समृद्धि पोख्रेल, राज श्रेष्ठ, प्रतिमा केसी, बिनोद अधिकारी, भरत लोहरुंग, सेमन्त राई, रबिन जोशी, कुमार केसी, नृपेश उप्रेती, रुपक श्रेष्ठ एवं दुर्गाप्रसाद पोख्रेल थिए ।
वाचित मुक्तकहरू माथि शैलीगत विवेचना र मुक्तक लेखनको वर्तमान स्वरुपबारे प्रमुख अतिथि डा. रुपक श्रेष्ठले चर्चा गरेका थिए । मुक्तकको ऐतिहासिक एवं पौराणिक सन्दर्भका विषयमा दुर्गाप्रसाद पोख्रेलले प्रकाश पारे । समारोहमा संस्थाका आजीवन सदस्यहरूलाई संस्थाको लोगो अंकित व्याज वितरण समेत गरिएको थियो ।
नेपाली नयाँ वर्षको शुभ आगमनको स्वागतार्थ लण्डनमा आयोजित मुक्तककेन्द्रीत उक्त समारोह अत्यन्त सार्थक रहेको सहभागीहरूले बताएका छन् ।
फिलिपिन्समा टाइफुन ‘कलमेगी’ को कहर, १४० जनाको मृत्यु र सयभन्दा बढी बेपत्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
बेलायतका राजकुमार एन्ड्रूको उपाधि खोसियो
एनआरएनए हङकङद्वारा ईको कविता प्रतियोगिता आयोजना, विश्वभरका नेपाली साहित्यकारले भाग लिन पाउने
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ